नेपाल अफ्रिका साहित्य समाज गठन

इनेप्लिज २०७४ वैशाख १ गते १६:५२ मा प्रकाशित

अफ्रिका महादेशमा नेपाली भाषा ,साहित्य र कलाको प्रबर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल अफ्रिका साहित्य समाजको कार्य समिती गठन भएको छ | जसमा सयोजक  हिक्मत थापा ( नाइजेरिया ) र सदस्यहरुमा  कृष्णदत्त भट्ट ( केन्या ) ,शिव पौडेल ( तान्जानिया ) , गणेश खडका (सेसेल्स ) र तेजेन्द्र बिबश ( युगान्डा ) रहनु भएको छ |

समाजले गत बर्ष डिसेम्बर २५ मा  तान्जानियाको दार ए सलाममा नियात्राकार जिबा लामिछानेको सरसर्ती  संसारको अफ्रिका बिमोचन गरी  स्थापनाको घोषणा गरेको थियो |

अफ्रिकामा नेपाली कला साहित्य सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने , नेपाली साहित्यका पुस्तकहरु प्रकाशन गर्ने र अफ्रिकी साहित्यलाई नेपालमा र नेपाली साहित्यलाई अफ्रिकामा प्रबर्द्धन गर्ने समाजको योजना रहेको छ |

प्रतिक्रिया