चार टाउका छत्तिस अंगको राष्ट्रियता: व्यंग !!!!

इनेप्लिज २०७४ वैशाख १ गते २१:१५ मा प्रकाशित

बाउ एक नम्बरको नेता ।आमा खाँटी धर्मात्मा गृहिणी, सबैको भलो होस् भनेर धुपधुवार गरि रहन्छिन् । छोरो सिंगापुर, बेलायत वा भारतमा भाडाको देशभक्त सैनिक, सीमा रछ्या गरिदिएर मुठाका मुठा पैसा कमाइ रहन्छ । बुहारी एन.जि.ओ. की अधिकारवादी एजेन्ट, हामीमध्ये कसैको स्वार्थमा अवरोध आयो कि जुलुश निकालि हाल्छिन् । छोरि सरावेगी हस्पिटलकी संचालिका, विश्वभर नेपाली कोख पु-याएर नाम कमाइ रहेकि छिन् । ज्वाइँ मान्छे किनबेच गर्ने म्पानपावरका संचालक, पृथ्वीमा सबैतिर माग अनुसार नेपालीको आपुर्ति गर्दागर्दै भ्याइरहेको छैन, मंगल ग्रह पठाउन राहदानी बटुलिरहेछ ।

भाई ठेक्कापट्टा गर्ने गिरोहको बोस, मिलोमतोमा विकास गर्न खप्पिस छन् । दाजु विभिन्न व्यपार व्यवसायका तश्कर, पटक पटक भुकम्प, पटक पटक नाकाबन्दी, पटक पटक नेपाल बन्द भइरहोस भन्ठान्दछन् । भिनाजु सबै चाँजो पाँजो (सेटिंग) मिलाउने अड्डाका हाकिम, भेडाबाख्राका चरिचरन बदले जसरी कर्मचारी बदल्न खप्पिस छन् । दीदि देश विदेशमा पैसाको व्यवस्थापन गर्ने खजाञ्ची, जति सहयोग आए पनि ऋण बढाउन र देश जहाँको त्यहीँ राख्न उनले गरिरहेको योगदान प्रशंसनीय छ । सालो यि व्यवसायमा आउने अवरोध हटाउन बनाइएको प्रहरी प्रमुख, बुख्याचा र डमीहरु समाएर सक्कलीहरुलाई जोगाउने, उसको कला विरलै अरु संग हुन्छ । बहीनि न्यायालय प्रमुख, बुख्याचा र डमीहरुलाई सक्कली बनाएर सजायँ सुनाउन उनी जति चतुर कोही छैनन् । बहिनी ज्वाइँ वरिष्ट अधिवक्ता,पैसाले साछी किन्न र पैसाले गलतलाई सही बनाउन उनले दिने तर्क कसैले खण्डन गर्न नै सक्दैन ।

अनि मेरो सवारीमा जुलुश ननिस्किएर कस्को निस्कन्छ ???? यतिका मानिसको समर्थन पाउने व्यक्ति देशभक्त नभए, को हुने ???? पशुपतिको साँढे ……………….?????????

प्रतिक्रिया