मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: १०:१० | Washington DC: 23:25

डीसीका भारोत्तोलक खेलाडी रुप कार्की न्युजर्सीमा सम्मानित

डीसी महानगर क्षेत्रका नेपाली मूलका भारोत्तोलक रूप कार्की न्युजर्सीमा सम्मानित भएका छन् l उनलाई नेपाली जनसम्पर्क समिती,एनआरएनए र नेपाली समाज न्यूजर्सीको संयुक्त आयोजनामा आयोजित नेपाली नयाँ बषं २०७४ को शुभकामना आदान प्रदान कार्यक्रममा उनलाई सम्मान गरिएको हो l

अमेरिकामा रहेता पनि उनले उनले नेपाल र नेपालीको भारत्तोलनमा नाम राखेकोले उनलाई प्रोत्साहन स्वरुप उक्त सम्मान गरिएको हो l केहि समय अगाडी उनले युएसपीए ( युनाईटेड स्टेट पावरलिफ्टिंग एसोसिएसन ) द्वारा आयोजना गरिएको भारत्तोलन प्रतियोगितात्मक प्रतिस्प्रद्धामा उत्कृष्टता हासिल गरेका थिए l

उनले आफ्नो वजन २ सय २० पौण्डको तौल समूहमा जम्मा १ हजार ३ सय ६२ पाउण्ड वजन उठाएर उत्कृष्ट भारोत्तोलक भएका थिए l उनले ड्रग टेस्टटेड उक्त खेलमा गरेको उत्कृष्ठ प्रदर्शनले नेपाल र नेपालीको नाम उच्च राख्न सफल भएका थिए l

नेपाली समुदायले गरेको सम्मान बाट आफु मा अझ मनोबल बढेको बताए l उनले गत अप्रिल १ तारिख ,भर्जिनिया फेयर फ्याक्समा भएको प्रतिस्प्रद्धामा सम्पूर्ण अमेरिकाबाट आएका खेलाडीहरुलाई उछिनेका थिए l

२०७४ वैशाख २ गते १:१० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी