अमेरिकामा मलाई अझ भातले छोडेन ,नया बर्ष देखि यसलाई बागमती कटाउने

इनेप्लिज २०७४ वैशाख २ गते २:१८ मा प्रकाशित

अरु चिज धेरै खाए अघाईने तर भात जति नै खाँदा पनि खाऊ खाऊ लाग्ने ? भात जुको जस्तो पो हो कि ? छोड्दै नछोड्ने ? भातले नेपालमा कहिले छोड्दैन l नेपालमा नछोड्नु भनेको भिन्दै कुरा हो l तर यसले अमेरिकामा पनि नेपाली समुदायलाई त्यतिकै दुख दिएको छ l पछ्याएको पछ्यायै छ l अधिकांस नेपालीलाई त्यतिकै पिरोलेको छ l मानौ कि भात मै अडिएको हाम्रो संसार सास l

र मलाई पनि त्यस्तै भएको छ l अन्य अन्न खादा पनि हुने हो तर छोड्न सकिने छाट देखिदैन l यहि नै नभई नहुने l आज नया बर्ष देखि यसलाई बागमती नदि नकटाई भएन l मेरो नयाँ बर्षको प्रतिबद्धता -अन्य अन्न लाई हात लगाउने र कहिले काही मात्र यसलाई पेट पूजा गर्ने रहने भएको छ l तर तामा पानी चै छुईदैन l

अतिथि सत्कार हुँदा यसलाई सम्झौता गरिन्छ l तर घर मा चाही यो बाद हुने भो l नयाँ बर्षमा यस्ता प्रतिबद्धता जाहेर गर्नु नै ठुलो कुरा हो l मैले प्रतिबद्धता गरे अब यहाहरुको पालो l के भन्नु हुन्छ यहाहरुले ?

जन्मे देखि खाएको पाँच र सुन्ना भै सक्दा पनि यो नभई भाग नै नबसिने जस्तो पो छाट भो l अमेरिकामा त्यति का खाने जिनिस पाईन्छ तर मलाई यहि नै चाहिने l खै कस्तो मोहनी लगाएको यो भातले l

हामीलाई थाहा छ ,भात लामो समय सम्म त्यसमा पनि सेतो भात नै सेवन गर्दा शरीरको लागि काल हुन्छ l चिनी रोगको मुख्य बिष नै भात हो l यति ज्ञान हुदा हुदै यहि भात नै नभै हुदै हुदैन l

यस्तो लाग्न थालेको छ कि नेपालीहरु भात खाने प्रतिस्पर्धा हुँदा गिनिज बिश्व पुस्तक जित्ने हुन् कि जस्तो लाग्छ l बिहान पनि भात ,दिवा समयमा पनि भात र सुत्ने समयमा पनि भात खाने पुरुष या महिलालाई भात बहादुर र भात कुमारी भन्दा फरक पर्दैन l

नेपालमा यता गयो भात ,उता गयो भात ,पहाड गयो भात ,लेक गयो भात, बेसी गयो भात ,हिमाल गयो भात ,भज्याङ्ग गयो भात ,तराई गयो भात l अमेरिकामा पनि यस्तै हुन् थालेको छ l भात नै हुन्छ अधिकांस घर र भोज भतेरमा l कहि पनि नेपालीले सुख नपाउने भए l भातले समुन्द्रको सतह मुनि पनि नछोड्ने भएको छ l

हाम्रा पूर्खाले हामीलाई यहि खुवाए हामी पनि हाम्रा सन्तानलाई खुवाई रहेका छौ l आफुलाई भात एक गास पाईएन भने रात भर निन्द्रा नै नलाग्ने हो कि जस्तो पनि हुन्छ l भात टन्न खाईएन भने भोकले पेट कराउछ l

आफूलाई भात थोरै देखे भने झन्न रिस पनि उठ्थ्यो l अरु चिजले पेट उस्किदैन अनि आडिलो ,पेट दह्रो बनाउन भात नै चाहिन्छ l वास्तवमा हामी नेपाली मात्रै भात बहादुर र भात कुमारी हैन रहेछ l हामी के भात बहादुर र भात कुमारी ?

भियतनाम ,चिन ,कोरिया ,फिलिपिन्स ,म्यान्मार ,मंगोलिया आदि देशमा भात नै खान्छन l भात मात्र सेवन नगरी सन्तुलित पौष्टिक आहारा खाना खाए ज्यान स्वास्थ्य हुन्छ l भातलाई ज्यादा महत्व दिए शरीर बेढंगको हुन् जान्छ l

सेतो भातमा भिटामिन बि १ हुदैन जसको कारण थकावट ,मानसिक दुर्बलता तथा अपच हुने हुन्छ l चामलमा स्ट्राच (माड) भएकोले पेट गणेश भगवानको जस्तो हुन्छ l भातले मोटो शरीर बनाउदछ l सेतो भातमा थोरै मात्रामा खनिज पदार्थ भएको कारण शारीरिक क्रियालाई ध्वस्त बनाई दिन्छ l भात अत्यधिक अम्लीय(एसिडिक) खाध्य पदार्थ हो l

जस्ले हाम्रो शरीरलाई धेरै अम्लीय बनाई दिन्छ l यस्ले कैयौ रोग निम्त्याई दिन्छ l भातमा अत्यधिक कम मात्रमा फाइबर (तन्तु ) हुन्छ जस्ले पेटलाई सफा गर्न सहायता गर्न कुनै भूमिका निर्वाह गर्दैन l

हामी स्वास्थ्य हुन् चाहन्छौ भने खानपिनमा ध्यान दिनु पर्ने हुन्छ l झन् अमेरीकामा स्वस्थ राम्रो भएन भने जहाज डुब्छ l यसको अर्थ यो हैन कि भात खानै नहुने भन्ने आसय कदापी हैन l भातले अल्छि बनाई दिन्छ जस्को कारण हामी तुलनात्मक रुपमा त्यति काम गर्न सक्दैनौ l हिजो आज यहि भातको कारण अल्छि होला जस्तो भान हुन्छ l त्यसैले यो भात भन्ने चिजलाई बागमती नै कटाउने शुरमा छु l आजै देखि राम राम भात ! सलाम भात !

बेफाइदाको गुड भातलाई प्राथमिकतामा नराख्नु नै बेस हुन्छ l मैले पनि राखिन l स्वास्थ्य बनौ र काममा सम्झौता नगरौ l यसैमा हामी सबैको भलाई हुनेछ l
.

प्रतिक्रिया