कविता : अभिनव नववर्ष

इनेप्लिज २०७४ वैशाख २ गते ११:०६ मा प्रकाशित

नयाँ साल ज्योतिपुञ्ज
फिजाएर आउ
व्याक्ति व्यक्तिको सोचमा
सुविचार ल्याउ

अबला दु:खीलाई
देउ नयाँ शक्ति
वैर विषमता हटाइ
हर जनमा भक्ति

आर्थिक क्रान्ति बढाउ
देश भर उन्नति
हौसला अपार जगाउ
सफल बनुन सन्तति

प्रत्येक नेपालीको
आशाहरुमा छर्दै हर्ष
मिलन आनन्द ल्याउ
अभिनव नववर्ष

प्रतिक्रिया