राष्ट्रपति ट्रम्पलाई कर बिवरण (ट्याक्स रिटर्न )सार्वजनिक गर्न डीसीमा १० औ हजारको जुलूस

इनेप्लिज २०७४ वैशाख ३ गते १:०९ मा प्रकाशित

अप्रिल १५ ,अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर बिवरण सार्बजनिक गर्न डीसीमा १० औ हजार को संख्यामा भेला भै तुरुन्तै सार्बजनिक गर्न नारा लगाएका छन् l

अमेरिकाको ईतिहासमा राष्ट्रपतिका सवै उम्मेदवारहरुले सवै कुरा पारदर्शी गर्नु पर्ने हुनाले अधिकांसले कर बिवरण पेश गर्दछन l तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कर बिवरण अहिले सम्म पनि सार्वजनिक गरेका छैनन् l

राष्ट्रपति ट्रम्प उम्मेदवार भए देखि नै यो कुरा चलेकोले उनलाई जनताले दवाब दिने हेतुले आज चर्का नारा समेत लगाएका छन् l कर दाखिला गर्ने अप्रिल १५ भएता पनि यस बर्ष बिशेष पर्व परेको कारण आन्तरिक राजस्व सेवाले अप्रिल १८ सम्म कर तिर्न सकिने बनाएको छ l

राष्ट्रपतिलाई कर बिवरण बुझाऊ भन्दै वाशिंगटन डीसी स्थित संसद भवनमा जुलुस जम्मा भएका हुन् l कार्यकर्ताहरुले अमेरिका भर बिरोध जनाएका छन् l प्रदर्शनकारीले बारम्बार लाजमर्दो ! लाज मान ! राष्ट्रपति भन्दै नारा लगाएका थिए l

प्रदर्शन कारीले राष्ट्रपति ट्रम्पको डीसी स्थित होटल (अतिथि गृह ) अगाडी त्यसै गरि नारा लगाएका थिए l प्रदर्शनकारीले ढोल तथा अनेक प्रकारका वाध्य वाधन  सहित बजाएका थिए l प्रदर्शनकारीले चिकेन इन चिफ ,आइ केयर ,कर अहिले देखाऊ र कर तिर्ने समय अहिले हो लेखेको प्रचार प्रसार सामग्री सहित सहभागिता जनाएका थिए l

तस्बिर सौजन्य : एनबिसी/ रोयटर्स/न्युयोर्क टाइम्स

प्रतिक्रिया