गीतकार निश्चल राईको निश्चल माया सार्वजनिक । (कभर भिडियो )

इनेप्लिज २०७४ वैशाख ३ गते २:३० मा प्रकाशित

बिदेशमा रही नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्नु हुने गीतकार निश्चल राईको निश्चल मायामा सङ्रहित तिमीलाई निश्चल माया बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ ।

करिब १० बर्ष अघिनै लेखिएको यो गीतलाई हाल आएर संगीत गरी रेकर्ड गरिएको हो । गीतलाई शिशिर बि.क ले गाउनु भएको छ भने संगीत राज कुमार अनी संगीत सम्योजन सविन लिम्बुको रहेको छ ।

गीतकार निश्चल राई र गायक शिशिर बि.क पहीलै देखिका मिल्ने साथी पनि हुन । मिल्ने साथी मात्र नभएर शिशिरको स्वर साच्चै राम्रो भएको र शिशिरमा राम्रो सम्भावना भएकोले शिशिरले यो गीत गाएको बताउछँन निश्चल राई ।

हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको यो गीतको अफिसियल भिडियो चाडै सार्वजनिक हुने तथा अरु गीतहरु पनि रेकर्ड भईरहेको र अल्बमको रुपमा चाडै बजारमा आउने बताइएको छ ।

प्रतिक्रिया