बसन्त फिल्मस् को नयाँ वर्ष धमाका यस्तो भयो कतारमा (फोटो फिचर सहित)

इनेप्लिज २०७४ वैशाख ३ गते २:३७ मा प्रकाशित

आमा तिमी रुदै होलीउ छोरो प्रदेश हुँदा

तिम्रै हातको ढिडो मिठो पिजा बर्गर भन्दा , माथीको गीत नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल भागरिथ चलाउनेले बसन्त फिल्मस् प्रालीको तेस्रो प्रस्तुतीको कार्यक्रममा प्रस्तुत गरेको गीतले सम्पुर्ण दर्शकहरुले नेपालमा आफ्नी आमालाई सम्झन बाध्य बनायो ।

यसरी नै उनले ‘ए आमा तिम्रै मायाँ लाग्छ, रुन्छ मन खस्छ आशुँ बरर बरर, पर्खी बसे मेरी मायाँ, जुन हेर्छु टोलाउछु जस्ता चर्चीत आफ्नै गितहरुले कतारको बढ्दो चर्को गर्मीको कुनै प्रवाह नगरी कार्यक्रम हेर्न पुगेका सयौ नेपाली दर्शकहरुलाई कहिले आफ्नी आमाको सम्झनामा पुराउथे भने कहिले प्रेमीकाको यादमा चुर्लुम्म डुबाउथे त कहिले मज्जाले नचाउन बाध्या हुन्थे ।

यसरीनै अर्का चर्चित आधुनीक पप गायक रमेश राज भट्राईले स्टेजमा आउन साथ  राष्ट्र प्रेमी गित हामिले नगरे कस्ले गर्ने, आज नगरे कहिले गर्ने, बोलको गितले सम्पुर्णलाई भावुक बनाएका थिए यसरीनै उनले पनि दर्शकलाई नचाउन कन्जुसाई गरेनन् नेपाली झण्डा शरिरमा पहिरेर स्टेजमा आएका गायक भट्राराईले तिम्रो मोहनी रुप , जादु छ बोलिमा , माया जालैमा पार्यौ पप गित , सालैजो र बजारमा आउदै गरेको बेहुला बनाउछु भन्थी बोहुला बनाएर गई जस्ता गितहरु प्रस्तुत गरेका थिए ।

यसरी नै नेपाली लोक क्षेत्रमा छुट्टै नाम कमाउन सफल गायीका जुना श्रीष मगरले पनि कतारका दर्शकहरुलाई मनोरञ्जन दिन कत्ति कन्जुसाई गरिनन् ।
जता मादल बजो हजुर तेतै मन जान्छ
म त हजुर दोहोरी गाउन मन पर्छ, भन्दै तमु पहिरानमा सजिएकी बाग्लुङ्गे चेली जब स्टेजमा आईन दर्शकहरुले जुना श्रीष जुना श्रीष भन्दै आवाज गरिरहेका थिए । सुरिलो स्वरकी धनी जुना श्रीस मगरले जती दर्शकले आशा गरेका थिए त्यो भन्दा धेरै मनोरञ्जन दिन सफल भईन उनले मनमा गहिरो घाउ छ के गरौं , गएको बैस के गरी फर्काउने हो , पन्चे बाजको गित वारी घुम्टे पारी गाजा ,कौडा गित सरर सरर , सालैजो ,झ्याउरे गित रोदिमा मादलु घन्क्यो, बस्ती पाल्पाको र यानी माया जस्ता थुप्रै गित गायर करिब डेढ घण्टा सम्मा दर्शकहरुलाई नचाएर भरपुर मनोरञ्जन प्रदान गरेकी थिईन ।

कतारमा रहदै आएकी चर्चीत लोक दोहोरी गायीका देवीका केसी गुरुङ्गले बाजी ठोकौ आउ झिल्के बोलको गित गाइन । भने कार्यक्रम संचालीका तथा गायीका शितल शर्माले समेत गीत गाएकी थिईन उनले आफ्नो गितको एल्बम पानी जहाजबाट दर्शकहरुलाई छमछमबी नचाएकी थिईन भने उनको दोस्रो एल्बम पानी जहाज २ पनि छिट्टै बजारमा सार्वजनिक हुने जानकारी दिएकी थिईन ।

कार्यक्रममा नेपाल तथा बैदेशीक रोजगारीका लागी जापन र अमेरीकामा रहेका नेपाली चर्चित कलाकारलाई पनि निम्त्यएको थियो जसमा जापन देखी राम कृष्ण बम मल्ल ठकुरी पनि उक्त कार्यक्रममा आफ्नो गित प्रस्तुत गरेका थिए जसमा दिनमा नि सपना देख्न थालियो, मेरो मायाँको सिमानमा नाका लगायौ, सालै जो जस्ता थुप्रै गित गायर दर्शकलाई मनोरञ्जन दिदै आफु पनि जापनमा कार्यरत रहेको र आफुले भोगेका हरेक दुःख सुःखलाई सम्झदै विदेशमा धेरै समय सम्म बस्न नपरोस छोटो समयमा नै कमाई गरि आफ्नै देशमा फर्कन र केही गर्न सकियोस भन्दै २०७४ सालको शुभकामन पनि व्यक्त समेत गरेका थिए ।

यसै गरि कार्यक्रमका मुख्य आकर्षणको रुपमा रहेका तथा अमेरीका देखी आएका चर्चित लोक दोहोरी कलाकार भगवान भण्डारीले खैरनीमा गेट , फुलमा भमरा बनमा काडाँ छ, लगायत गितहरु प्रस्तुत गर्दै अन्त्यमा लाईभ लोक दोहोरी जुना श्रीष संग घम्सा घम्सी चलेको थियो भने अन्य कलाकार/दर्शकहरुले नाचेर साथ दिए पछि कार्यक्रममा झन छुट्टै मनोरञ्जन थपियो ।

यसै गरि गायक तेजेस रेग्मीले पनि दर्शकलाई नचाउन कत्ति कमी गरेनन् उनले बसन्त फिल्मस्का निर्देशक इश्वर काफ्लेको गित हाम्रो मन रुन्छ झुट वोलेको हैन अस्ती देखी भात खाको छैन बोलको टुक्कालाइ समेटेर स्टेजमा उत्रिएका रेग्मीले रक्सी चुरोट खाएको हैन, नाच्नेले नाच गाउने गाउ बजाउने ले बजाउ, चौतारी सारेपो बर हुन्छ, सानु तिम्लाई देखेसी खसी हाल्छ पसिना तपतपी, रोइला गित लगयात थुप्रै गित प्रस्तुत गरि दर्शकलाई नाच्न छमछमी नचाएका थिए ।

यसै गरि  हास्याँ कलाकार सरापेको उपनामबाट परिचित यादव देबकोटा (सरापेले) दर्शकलाई पेटमिची मिची हसाएका थिए भने कार्यक्रममा स्थानिया कलाकारहरुको पनि प्रस्तुती रहेको थियो जसमा बसन्त फिल्मस्ले आफ्नै प्रस्तुती अजय परियार, तुफान काफ्ले सन्त तामाङ्ग, अन्जान सुनार लगायतले काले दाई बोलको गितमा सामुहिक नृत्य प्रस्तुत गरे भने कतारमा स्थापनमा भएको यू एण्ट आई सांगीतिक ग्रुपले प्रवासमा नेपालीले भोग्नु परेका समस्या र जान अन्जानमा हुने गरेका गल्तीले निम्ताउने मृत्यु दण्ड सम्मको डरलाग्दो दृश्यलाई समेट्दै सामुहिक नृत्य प्रस्तुत गरेका थिए । यसै गरि मोना कतारका रेशम परियाले चर्चित लोक दोहोरी गायक राजु परियारको ‘दरौ शिरवारी माझ कटेरी, नेपाली चर्चित लोक गितलाई प्रस्तुत गरेक थिए भने नेपाली कला केन्द्रका विरेन्द्र श्रेष्ठले आफ्नो एलबम्को गीतलाई दर्शक माझ कार्यक्रममा प्रस्तुत गरेका थिए ।

नेपाली सागिंतिक क्षेत्रमा  चर्चा बटुल्न सफल नायीका तथा मोडल मन्जीता केसीले पनि आफ्नो बारुली कम्मर मर्काउन कत्ती कन्जुसाई गरिनन् उनले शिरैमा शिर बन्धी, गैरी खेतको शिरै हानो जस्ता चर्चित गितहरुमा आफ्नो कलकलाउदो जवानीका अंग अंगहरुलाई दर्शकहरु माझ नृत्यबाट प्रस्तुत गरी एक छिन पनि दर्शकहरुको आखाँ उनकै नृत्यप्रति आकर्षीत भयो ।

कलाकारलाई सम्मान
कार्यक्रममा संस्थाले निम्त्यएका कलाकारहरुलाई उक्त कार्यक्रम विच सम्मान समेत गरेको थियो जसमा नायिक तथा मोडेल केसी, लोक दोहोरी गायिका देविका केसी गुरुङ्ग, जुना श्रीष मगर, लोक दोहोरी गायक भागिरथ चलाउन,तेजेस रेग्म ,लोक तथा आधुनिक गायक रमेश राज भट्टाराई, हास्याँ कलाकार यादव देवकोटा (सरापे) कार्यक्रम संचालिका तथा लोक दोहोरस् गायिक शितल शर्मा, तथा गायक/संगितकार रामकृष्ण बम मल्ल र चर्चित लोक दोहोरी गायक भगवान भण्डारी लगायतलाई संसाथका अध्यक्ष / कार्यक्रमका सभापति इश्वर काफ्ले, सस्थाकी प्रमुख सल्लाहाकार मायाँ केसी, प्रमुख अतिथी विल बहादुर गुरुङ, कार्यक्रम मुख्य प्रायोजक उत्तम गुरुङ्ग, एन आर एन एन सिसि कतारका महा—सचिव नन्द गवुर्जा, अर्घाखाचीँ सेवा समाज कतारका अध्यक्ष, गुल्मी सेवा समाजका अध्यक्ष, मोना कतारका अध्यक्ष लगायतले कलाकारलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा वोल्दै विषेश अतिथी तथा प्रमुख सल्लाहाकार मायाँ केसीले नयाँ वर्षको पहिलो दिन यसरी बसन्त फिल्म्सलाई मायाँ गरी सम्पुर्ण नेपाली दाजुभाई आईदिनुभएको हार्दिक धन्यावाद प्रकट गर्दैै कार्यक्रका लागी नेपाल तथा वैदेशीक रोजगारीका लागी जापन ÷ अमेरीका रहेका र कार्यक्रको निमन्त्रणलाई स्वृकार गर्दै यस कार्यक्रमलाई भव्य र सव्य बनाउन आउनु भएका कलाकारलाई कतार बसाई सफल र सुखमय रहोस भन्ने व्यक्त गरिन ।

यसै गरि सस्थाले कार्यक्रमका प्रमुख अतिथी विल बहादुर गुरुङले बसन्त फिल्मस् प्रालीले हरेक वर्ष यस्तै कार्यक्रम गरि रहेको संयोग बस हामी नेपालिको नयाँ वर्ष २०७४ आजैकै दिन देखी सुरु भएको र सुरुको दिन देखी नै राम्रो कामको सुरुवात गरेका छौ साथै स्वदेशमा पनी नयाँ कामहरुको सुरु भई रेहेको छ यसले निरन्तरता पाईरहोस् भन्दै देश , विदेशबाट आमन्त्रीत कलाकार र कतारमा रेहेका स्थानिय कलाकारहरुलाई सम्मान व्यक्त गर्दै उपस्थिति सबैलाई नयाँ वर्षको शुभकामना दिदै सस्थाका प्रबन्धक निर्देशक ईश्वर काफ्लेले  कलाकारिता क्षेत्रमा र सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा पनी गरेका थिए ।

दोहाको गल्फ प्याराडाईज होटलको सभाहलमा सम्पन बसन्त फिल्मस् प्रालीको तेस्रो प्रस्तुती व्यानर अनावरण ,दिप प्रज्वलन र नेपाली राष्ट्रीय गानबाट सुरु भएको कार्यक्रममा बसन्त फिल्मिस प्रा.लिका प्रबन्धक निर्देशक ईश्वर काफ्लेको अध्यक्षता तथा समाजसेवी,वुद्दिजिवी विल बहादुर गुरुङ प्रमुख अतिथी रहेका थिए भने , सस्थाकी प्रमुख सल्लाहाकार मायाँ केसी, केशब कडेल,उमेश अधिकारी, हंस राज ढकाल, विनोद भटराई, र टिवी काकी, बद्री पाण्डे, नरेन्द्र भाट,विनेश तामाङ्ग, उत्तम गुरुङ्ग, नन्द गवुर्जा,सुदर्शन भट्ट लगायतको विषेश अतिथी रहेको थियो ।

कतारमा स्थापना विभिन्न सामाजिक संघ सस्थाहरुले पनि कार्यक्रममा सफल पार्न सहयोग समेत गरेका थिए, जसमा खोटाङ्ग सेवा समाज कतार, गुल्मी सेवा समाज, अर्घाखाचीँ सेवा समाज, मोना कतार, ठकुरी सेवा सहयोग समाज कतार, नमस्ते नेपाल हातेमालो समाजिक संस्था, इलाम सेवा समाज कतार, एभरेष्ट नेपाल समाज कतार लगायत उक्त कार्यक्रम सफल पार्न ठुलो भुमीका निर्वाह गरेका हुन ।
औपचारिक कार्यक्रमको सञ्चालन फिल्मिस प्रा.लिका सचिव अबु अलीको र स्वागत मन्तव्य प्रा.लिका केन्द्रीय सदस्य शरद पाण्डेको रहेको थियो ।  करिब दिनको १ वजे देखी राति १० वजे सम्मा चलेको सागिंतिक कार्यक्रमको संचालक शरद पाण्डे र संचालिका शितल शर्माले संचालन गरेको कार्यक्रममा बसन्त फिल्मस प्रा.लिको बारेमा बोल्दै प्रवास र विषेश गरी खाडी मुलुकलाई कर्म थलो बनाउदै आएका ,स्वदेशमा रहदा सांगितीक क्षेत्रमा लागेका र प्रदेशीदा उक्त क्षेत्रलाई छोड्न बाध्य भएका प्रतिभाहरुको प्रतीभालाई जोगाई राख्नको निमित्त बसन्त फिल्मिस प्रा.लि विगत केही वर्ष देखी कतारमा स्थापना भएको र फिल्मिसले  सांगितीक क्षेत्रमा मात्र नभएर प्रवासमा समस्यमा परेका नेपालिहरुको सहयोग , कतारमा रहेका संघ ,सस्थाहरु सँग सहकार्य गरिरहेको कुरा राख्दै यसको भूमिकाको बारेमा प्रा लि का केन्द्रिय सदस्य तथा कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले प्रष्ट पारेका थिए ।

सस्थाकी सदस्य सन्चमायाँले”झिल्के मजुर बोलको गितमा”नृत्य गरेर सबैलाई कार्यक्रममा स्वागत गरेकी थिईन भने कार्यक्रमको मुख्य प्रायोजन भने उत्तम गुरुङ्गले गरेका थिए, साथै कार्यक्रम संघ संस्थाका प्रतिनिधित्व गोरखा सेवा समाजले गरेको थियो ।
कार्यक्रमको अन्त्यका संस्थाका निर्देशक तथा कार्यक्रमका सभापति काफ्लेले कार्यक्रम सफल पार्न विभिन्न संघ सस्था तथा सहयोगी मनहरु साथै कतारको चर्को गर्मीको कुनै अप्ठेरो नमानी कार्यक्रम हेर्न र मनोरञ्जन लिन आएका सम्पुर्ण दर्शकहरुलाई हृदयदेखी आभार प्रकट गर्दै अहिले गरीएको कार्यक्रमबाट संकलित रकम जो आर्थिकस्तर निम्न भएका कलाकारहरुको प्रतिभालाई तपाई हामि सामु ल्याउनको लागि सहयोग गरिने कुरा बताउदै आगमी दिनमा पनि बसन्त फिल्मस् दोहाले कार्यक्रम गर्ने र उक्त कार्यक्रमलाई सयोग गर्नु हुने सम्पुर्णलाई धन्यावाद प्रकट समेत गरेका थिए ।

प्रतिक्रिया