यो नेपाली शिर उचाली संसारमा लम्किन्छ

इनेप्लिज २०७४ वैशाख ३ गते २०:०७ मा प्रकाशित

कल्पना गर्नुहोस ! अमेरिकाको सडकमा “यो नेपाली शिर उचाली संसारमा लम्किन्छ” भन्ने बोलको गित घन्काउदै शिर उचालेर नेपाली हरु लम्किरहेकाछन् | यो कल्पना होइन यो त यथार्थ हो | अमेरिकाको नर्थ क्योरोलिना राज्यमा बसोबास गर्ने नेपालीहरुले यसलाई साकार बनाएका हुन् |

अझ यो मात्र होर यो दृश्य त अब प्रत्येक वर्ष देख्न पाइने छ | ल भन्नुस हामी विदेशिएका हौ त ? कदापी होइन | हामी त विश्वव्यापी भएका हौँ, संसारमा शिर उचाली लम्कनका लागि | यो राज्यमा बसोबास गर्नुहुने नेपालीहरुको अथक प्रयास स्वरुप यो सपना साकार भएको हो | प्रत्येक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई नेपाल दीवस मनाउने निर्णय मोरिस्विल नगरले यही मार्च ११ तारिकमा गरेको थियो | त्यसैको परिणामस्वरुप मार्च १५ शनिवारका दिन स्वाभिमानी नेपाली शिर उचाली विश्वको सर्वशक्तिशाली मुलुकमा लम्किरहेको अनुपम दृश्य देख्न पाइएको हो |

करिब २ माइल लामो परेड पश्चात सभामा परिणत भेलाले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो | अमेरिकाका लागि नेपाली राजदुत, नगरका मेयर एवं उप मेयर को प्रमुख आथित्यमा संचालन गरिएको कार्यक्रममा नेपाल सेन्टर अफ नर्थ क्यारोलिना का सभापति  डा. सुषमा प्रधानले दुइ दसक आगाडी आफु यहाँ आउदा नगण्य मात्रामा रहेका नेपाली आज यो अवस्था आइपुगेको कुरामा गौरव गर्नुभएको थियो |

त्यसैगरी नगरका मेयरले ५ वर्ष आगाडीसम्म एकजना पनि नेपाली नचिनेको, रबिन्द्र कार्कीको घरमा रात्रिभोजमा जाँदा नेपालीलाइ चिन्ने अवसर पाएको कुरा गर्दा कति गर्वको अनुभव भयो होला रबिन्द्र कार्कीलाई | सभामा मन्तब्य व्यक्त गर्ने सबैले यसलाई ठुलो उपलब्धि को रुपमा लिएका थिए |

अब त सबैमा झन् ठुलो जिम्मेवारी आएको छ | सबै मिली एक भएर गरे के नहुनेरछ र ? समाजको उन्नतिका लागि, उत्थानका लागि, आर्थिक समृद्धिका लागि, जन्मथलोको समृद्धि लागि, आफ्नो पहिचानका लागि जे पनि गर्न सकिनेरछ र नेपालीले अब गर्छन | अब शुरुवात भैसक्या छ | अब कदम रोकिने छैन | यो नेपाली शिर उचाली संसारमा लम्किसक्यो अब |

 

प्रतिक्रिया