जीवनका रंगहरु ( Colors of Life)-संचारकर्मी अनुज थापा एवम दिपिका श्रेष्ठ

इनेप्लिज २०७४ वैशाख ३ गते २१:५५ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l

यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – न्युयोर्कमा बसोबास गर्नु हुने स्वतन्त्र नेपाली संचार माध्यमका संचारकर्मी अनुज थापा एवम दिपिका श्रेष्ठ

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

जीवन भनेको एउटा अमूल्य समय हो, कसैले छोटो समय पाउंछन् कसैले लामो समय, र यो कसैको हातमा हुंदैन ।

२) खुशी (Happiness) के हो ?

खुशी भनेको मनको सन्तुष्टि हो जुन निस्स्वार्थ भावनाबाट आउछ l

३) कर्तब्य (Responsibility) के हो ?

दाम्पत्य जीवनमा कर्तव्य भनेको एक अर्कालाई विश्वास र सम्मान गर्नु हो ।

४) सम्बन्ध (Relationship) के हो ?

सम्बन्ध भनेको एकले अर्कालाई विश्वास गर्दै अगाडी बढ्नु हो, जहां दुबैले समान रुपमा अवसर र शीपको सदुपयोग गर्न पाओस् ।

५) आत्मीयता (Intimacy) के हो ?

एक अर्को प्रतिको विश्वास र मायाबाट आउने अनुभुति नै आत्मियता हो ।

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता,सुवास ढकाल :

 

 

 

 

 

अनुज थापा एवम दिपिका श्रेष्ठ ,तस्बिर सौजन्य : सञ्जिता उप्रेती  

प्रतिक्रिया