नेपाली जनसम्पर्क समिती स्विट्जरल्याण्डको चौंथो अधिवेशन सम्पन्न

इनेप्लिज २०७४ वैशाख ४ गते १०:३० मा प्रकाशित

स्विट्जरल्याण्डको राजधानी बर्नमा हिजो आइतवार १६ अप्रिल २०१७ मा नेपाली जनसम्पर्क समिती स्विट्जरल्याण्डको चौंथो अधिवेशन सम्पन्न भएको छ ।स्विटजरल्याण्डको राजधानी बर्नमा हिजो १६ अप्रिल २०१७ मा भएको नेपाली जनसम्पर्क समिती स्विट्जरल्याण्डको चौंथो अधिवेसनबाट निर्बिरोध निर्बाचित श्याम सापकोटाको अध्यक्षतामा नौ (९) सदस्य सहितको एक नयां कार्यसमिति निर्वाचित गरेको छ ।

नयां कार्यसमितिमा अध्यक्ष श्याम सापकोटा,उपाध्यक्ष प्रकाश पौडेल,महामन्त्री तिलक थापा, सह महामन्त्री सरोज घिमिरे, कोषाध्यक्ष बिरु गुरूङ र सदस्यहरुमा कातियानी न्यौपाने , रेशम खत्री, दिपेन्द्र राउत र बिजय शर्मा (दर्पण) निर्विरोध निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रामकुमार महत्तो नयां कार्यसमितिका संरक्षक रहेका छन् भने बिजय शर्मा (दर्पण) प्रवक्ता भएका छन् ।

उक्त चौंथो अधिवेशन समितिका अध्यक्ष (निबर्तमान) रामकुमार महत्तोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा युरोपमा रहेको नेपाली जनसम्पर्क समितीका केहि पदाधिकारीहरु लगाएत स्विसमा रहेका संघ संस्था र मिडियाकर्मीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया