मुर्ख समाज–हास्य व्यंग्य निबन्ध

इनेप्लिज २०७४ वैशाख ४ गते १०:४२ मा प्रकाशित

मुर्ख समाजका बारेमा आजकाल जताततै हल्ला चलेका ले ख़ास कुरोको चुरो सबिस्तार वुझ्न म एका बिहानै मेरा गुरु गुदीराम गुर्धामीका घराँ दौड्दै सोध्न पुगें । म एका बिहानै गुरु गुदीराम गुर्धामीकाँ गएको देखेर गुरु गुदि रामले पनि हर्षले सहर्ष स्वागत गर्नु भयो र भन्नु भयो “ल भन के कारणले मेरा मेरा घराँ एका बिहानै धरो हालिस वजीया ?” मैले भने ” हैन गुरु के समाज पनि मुर्ख हुन्छ र ? जताजतै आजकल “मुर्ख समाज “भन्ने चर्चा सुनेर समाज त मुर्ख हुनै सक्दैन कसरी समाज पनि मुर्ख हुन्छ ? यो त हुनै नसक्ने कुरा भन्ने लागेर हजुर थीम भन्नै फन्नै आईपुगें नि गुरू ।”

गुरुले मेरो प्रश्न पुरा हुन नपाउँदै मलाई हप्काउँदै भन्नु भयो ।” हाम्रो समाजाँ धेरै थरी मुर्ख छन् उल्लु । एउटा त राजनीतिमाँ राजनीतिलाई समाजमुखी, देश मुखी र बिकास मुखी बनाउन नदिएर आँफू मुखी बनाउने पाराँ एकोहोरो लागि परेर नेता बन्ने र बनाउने खेलाँ सुरबालाँ सु गर्ने, भोटाँ सिंगान पुछ्ने दिना मान्छे मौक़ा पर्दा चौका हान्छन् । आफूलाई निकै ठूला ठान्छन् । एकै छिना अरूलाई पीना वनाउँदै नेताजिले नै आफ्ना भाई भतिजा, नाता पाता, साला साली सम्पूर्ण आफ्न्तलाई खाली नराखी खटाउने र राजनीतियाँ पठाउँने वर्ग यत्र तत्र देखिनु हुन्छ सर्वत्र भेटिनु हुन्छ ।” ‘ बुझिस ‘? गुरुले सोध्नु भयो । मैले टाउको हल्लाएर सही थापें,फेरि गुरुले बेतोडले भन्न थाल्नु भयो । अर्को वर्ग जनता जनार्जनको तर के गर्नु जर्नाजनले पनि कहिले काहीँ त जंगली पाराले जे पनि शही दिने । फेरी जनता त तिनै हुन नि पहिला पहिला डा के अाइ सिह ले भाषाण गर्दा भन्थे “मेरा भेडा जनता “सबै जनताले पटटट ताली ठोक्थे । राणा कालाँ राँडै ठीक, पंचायति कालाँ पंचायतै ठीक वहुदल कालाँ वहुदलाई ठीक त्यस्ता जनतालाई भनिन्छ सोझा मुर्ख । मुर्खको पनि फेरी प्रकार हुन्छ बुझिस ?” गुरुले फेरि भन्नु भयो ।

मैले पनि भने “बुझें गुरु वुझें ।” फेरि गुरुले भाषाण गर्दा झै पटटट पट्कन थाल्नु भयो । ” अर्का भनेका धर्मका मुर्ख अब धर्ममा दर्शन र अध्यात्मा चाँही खुब हुन्छ त के गर्नु तर एउटा कमनसेंस भन्ने चिज चाँही न्युन हुन्छ । त्यसले त ज्युन गाह्रो हुन्छ । त्यती मात्र कहाँ हो र ? धर्मले अध्यात्म उन्नती मात्रै गरेर हुन्छ र भौतिक उन्नती गर्नु परेन ?”गुरुले कटकेर मलाई प्रश्न गर्नु भयो मैले पनि गुरुलाई सही थापेर भनी हाले “हो गुरु हो ।”

फेरि गुरुले शुरु गर्नु भयो । ” अर्को कुरा आर्थिक उन्नती त धर्मां हुँदै हुँदैन । धर्म गुरुहरु भजनलाई भोजन भन्दा बढी मान्छन् के भजन मात्रै गाएर भोजन मिल्छ मुर्ख कहाँका ” गुरु झन जंगिन थाल्नु भयो र भन्नु भयो ” गरिवीलाई झन गर्व मान्छन र भन्छन् सम्पत्ती भएन भने दु:ख पर्छ अनी भगवानको शरणाँ आँसु झर्छ । अर्को सम्पत्तिया जलने र जलाउने काम मात्रै गर्छन् । जलाउने काम मात्रै अरेर हुन्छ मलम लगाउने र घर चलाउने बाटा पाटा पत्ता लाईदिनु पर्दैन ? यसरी अर्का सम्पत्तियाँ जल्न मात्रै सिकेर हुन्छ ?आफुँले प्रगती गर्न र आफ्नो घर चल्न पनि सिक्न पर्यो नि कही नपाएर भजन र भक्त्ती मात्रै अरेर सम्पत्ती जोडीने भए किन दु:ख अर्नु पर्थ्यो ? मेहन त अर्नु पर्यो र भौतिक उन्नती पनि साथ साथै गर्नु पर्यो ।

गुरुले फेरि भन्नु भयो ” यो धर्म पनि अचम्मको छ । जब धर्मलाई नमान्ने मानिसको जमात बढछ उनिहरु धर्म निरपेक्ष भन्न थाल्छन् । जब धर्म निरपेक्ष भन्न थाल्छन । तब धर्म निरपेक्षताको जमात बढछ धर्म बिरोधि कुराहरु मन पराउन थाल्छन र धर्मको कती पय ज्ञान गुनका कुराहरु पनि सुन्न थाल्छन र दुबै तिरका कुराहरु झन सुन्न थाल्छन् । जब दुबै तिरका कुरा सुन्न थाल्छन् दुई डुंगाँ सवार मान्छे झै दुई टांग दुई तिर हाल्दा समुन्द्राँ के हुन्छ धर्म निरपेक्षीको हालत पनि त्यही मुर्खता हुन्छ ।”

गुरुले फेरी भन्न थाल्नु भयो । मुर्ख बुध्दिजिवी पनि हुन्चन जस्तै बुध्दिजिवी बुध्दिले कुरा गर्छन्, बुध्दिले हिँडछन, बुध्दिले खान्छन्, बुध्दिले सास फेर्छन्, बुध्दिले हावा लिन्छन् र सम्पूर्ण बुध्दि शरिरको अंग प्रत्यांगाँ देखाउछन् र देशाँ आफ्नो शास फाल्छन् र आफ्नो प्रशंसाको आश गर्छन् । उनीहरु सोच्छन् कि मैले बुध्दिको सास देशाँ फालें त्यसैले देश र देशवासीलाई मैले पालें । त्यति मात्रै हो र ? बुध्दिको तरिका देशलाई सिकाएँ ,बुध्दिको तर्क नेतालाई दिएँ ।

त्यसैले यो सबै राम्रा कामहरु मेरा सासले सर्कायो नराम्रा कामहरु उनिहरुको हातले मर्कायो । भन्ने धारणाले धैर्यै लिन्छन् । कारण बुध्दिजिवीको जिक्री पो हुन्छ कि हरेक समस्या उनिहरुको बुध्दिले देखेको छ तर कुरा जरा सम्म पुग्दैन । यदी पुग्थ्यो भने त त्यसलाई पनि खनेर जरै फाल्थे होलान् ।

तर बुध्दिजिवीले त्यसो किन गर्ने ? जरा खन्न त माटो फाल्नु पर्यो । माटाँ हात हाल्दा हात त फोहर हुन्छ । त्यसका लागि त दुख गर्नु पर्छ मेहेनत गर्नु पर्छ, मैला धैला हुनु पर्छ । यो सबै भए पछि कसरी बुध्दिजिवी भन्ने कुरो को चुरो बुझ्नु पर्यो । बुध्दि सँगै इमानदारिता पनि हुनु नै पर्यो । बुध्दि र इमानदारिता यि दुबै चिज चाँही एक अर्कोका विपरित ध्रुव हुन् । बुध्दियाँ इमानदारिता जब दुई ध्रुब हुन्छ त्यो बुध्दि बुध्दि नभएर मुर्ख हुन्छ बुझिस” गुरुले भन्नु भयो ।

गुरुले फेरि कट्केर भन्नु भयो “अर्को मुर्ख व्यापारी ” जव व्यापाराँ देश समाज र लोक हितार्थ व्यापार हुन्न त्यो पनि मुर्खता हुन्छ । पूर्णता हुदै हुदैन् । समाजाँ व्यापार गर्नेले जव आफ्नो धन आर्जन समाज र देश विपरित तरिकाले कमाउँछ र समाज चलाऊछ तथा समाजका अग्र पंक्त्तीयाँ उभिएकालाई व्यापारको धनले दुरुपयोग गर्छ । देशको अर्थतन्त्र त सीधै तल झर्छ । व्यापारले अपार वनाउँदैन तव त्यो पनि मुर्ख व्यापार हुन्छ । तर आजकाल त धर्म, व्यापार र राजनीति एक अर्को बिना चल्नै सक्दैनन् । यि सबै मिलेर समाज भित्रको अर्को समाज कोअपरेटिव सोसाइटी बनी सकेका छन् । जुन समाज हरेक ठाउँमा अग्र पंक्त्तियाँ द्रुत्तर किसिमले अगाडि बढी रहेका छन् । बिना ब्रेकको गाडी जस्तै बुझिस त मुर्ख समाज भनेको के हो ?” गुरुले कटकेर सोध्नु भयो मैले भने “बुझे गुरु बुझे मुर्ख समाज को हो र को हो भन्ने कुरा मैले अव राम्रो सँग वुझे ”

 

प्रतिक्रिया