नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ ” भब्यताका साथ सम्पन्न।

इनेप्लिज २०७४ वैशाख ४ गते १३:२१ मा प्रकाशित

नेपाली नयाँ बर्ष २०७४ सालको अबसर पारेर काभ्रे सेवा समाजको पहिलो सास्क्रतीक प्रस्तुति स्वरुप आयोजना गरिएको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ ” भब्यताका साथ सम्पन्न भएको छ।

अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ काभ्रे सेवा समाज युएई द्वारा आयोजित नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ अप्रिल १४ का दिन देरा स्थित कार्लटन टावर होटलमा भब्य रुपमा सम्पन्न भएको हो,कार्यक्रम व्यवस्थित, तोकिएको समयमै तथा सब्य र भव्यताका साथ भएको थियो।


नेपालबाट चर्चित कलाकारहरु ल्याएर आयोजना गरेको उक्त कार्यक्रममा युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यबसायी, बुद्धिजिबी, पत्रकार, कलाकार लगायत युएईको बिभिन्न स्ट्रेटबाट बाक्लो नेपालीहरुको उपस्थिती रहेको थियो, कार्यक्रममा हालमा दर्शकहरु खचाखच गरेर बसेको तथा बस्ने ठाउ नपुगेर बाहिर देखि उभिएर कार्यक्रमको प्रस्तुति हेर्ने भिड थियो, उक्त कार्यक्रममा नेपाली राजदुतावास अबुधावीका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिल लामाले गरेका थिए।
रिता केसीले विभिन्न गीत संगीत प्रस्तुत गरेकि थिइन भने चर्चित गायक तथा संगितकार बिश्व दोङ र नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायत कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए।

चर्चित गायक तथा संगितकार बिश्व दोङ र लोक तथा कार्यक्रमकै शिलशिलामा पहिलो पटक दुबई पुगेकी चर्चित लोक तथा आधुनिक गायिका रिता केसीको गितमा दर्शकहरु नाच्दा हल संगितमय भएको थियो भने निकै चर्चाको रुपमा हेरिएको नायिका तथा डान्सर रिया श्रेष्ठको नृत्यले हलमा दर्शकहरुलाई झनै रौनक बढाएको थियो। युएईमा रहेका नेपाली कलाकारहरुको प्रस्तुती र नेपालबाट आएका अतिथी कलाकारहरुको सानदार प्रस्तुती हेर्दा दर्शकहरुले नेपाली नयाँ बर्ष नेपालमै बसेर मनाएको झै अनुभुती गर्न पाएका थिए।


दर्शकहरुले खचाखच भरिएको हलमा कलाकारहरुले दर्शकहरुलाई गित, बेली डान्स, नृत्य र ईन्द्र सिन्चुरीको नाटक मार्फत भरपुर मनोरन्जन दिलाएका थिए भने आयोजकले अतिथी कलाकार, युएईमा रहेका नेपाली कलाकार, कार्यक्रमलाई सहयोग गर्ने ब्यक्ती, स्पोन्सर लगायतलाई सम्मान पत्र र खादा ओडाएर सम्मान गरेको थियो ।


पानसमा बत्ती बालेर राष्ट्रिय धुनको साथ औपचारिक रुपमा शुरु गरिएको कार्यक्रम सुनिल तामाङ, बलराम बस्नेत, सन्ध्या सुस्केरा र अञ्जुली लोप्चन गले संचालन गरेका थिए। अपाङ्ग तथा अनाथ बालबालिकाको लागी बिभिन्न ब्यक्तीहरुले स्वैच्छिक रुपमा आर्थिक सहयोग कार्यक्रम हलमै पनि गरेका थिए।

प्रतिक्रिया