अमेरिकामा दुई नेपाली छोरीहरुको साहसिक कार्य

इनेप्लिज २०७४ वैशाख ५ गते १:२० मा प्रकाशित

मातृभूमि नेपालमा महाभुकम्पले तहसनहस गरे पछि अमेरिकाको टेक्सास मा बसोबास गर्दै आएका दुई नेपाली छोरीहरुले साहसिक कार्य गर्दै उदाहरण बनेका छन् l विशेष गरि आफु जस्तै बालबालिकाहरु पढ्ने विध्यालय भत्केर पढ्न खान लाउन नपाएको अवस्था देखेर टेक्सास ड्यालसमा बस्दै आएका दुई नेपाली छोरी कृतिमा लामिछाने र इच्छा लामिछानेले “नेपालको लागी सहयोग गरौ” र नेपाललाई चिनाऔ भन्ने नारा बोकेर व्यापक प्रचार प्रसारमा लागेका छन् l

हामि सबै मिलेर भन्ने नाराका साथ विगत बर्ष देखी यि नेपाली छोरीहरुले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेका छन् । नाइट फर नेपाल भन्ने समुहको साथमा यहि अप्रिल २२ मा टेक्सास ड्यालस स्थित रमाईलो रेष्टुरेन्टमा आयोजना गरिने भएको छ ।

 

यो कार्यक्रम विशेषत ड्यालसबासी नेपाली समुदायको अभिभावक, ब्यबसायी र नेपाली समुदायहरुको माझमा मनोरन्जनात्मक कार्यक्रम गरीआर्थिक संकलन गर्ने र नेपालको विकट गाउमा विध्यालय निर्माणमा सहयोग गर्ने बताएका छन् l र सम्पुर्ण नेपाली सामुदायिक सदस्य एंव अभिभावकहरुलाई यहि जानकारी मार्फत उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन् l

आगामी मे महिनाको १३ तारिख २०१७ को दिन कोपिल हाईवे सिटी हलमा समेत नेपाली समुदायको तर्फबाट नेपाललाई चिनाउने विभिन्न प्रतिभा सहितको प्रस्तुति गरिने उनीहरुले जानकारी दिएका छन् l

र लक्ष्मी प्रतिष्ठान केन्द्र चितवनमा रहेका दुई बालबालिकाहरुलाई शैक्षिक सहयोग स्वरुप बार्षिक $५०० सहयोग समेत गर्दै आईरहेका छन् l र हामी सबै मिलेर अगाडी बढ़ेमा नेपाल सम्वृदिको लागि केही असम्भव छैन भन्दै सबैले आफुले सकेको सहयोग गरौ भन्ने सन्देश दिएका छन् l

प्रतिक्रिया