बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका बाट उपमेयरको लागि दाबेदार

इनेप्लिज २०७४ वैशाख ५ गते २२:१३ मा प्रकाशित

 

काठमाडौँ : बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका बाट उपमेयरको लागि दाबेदार बनेकी छिन l राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाट उनि किर्तिपुर नगरपालिकामा उपमेयर पदको लागि दाबेदारी बनेकी हुन l मुलुक अहिले निर्बाचनमय भईरहेको स्थितिमा किर्तिपुर बासिहरुको प्रिय बन्न सफल बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका किर्तिपुर बाट उपमेयर पदका लागि प्रमुख दाबेदार बनेर उभिएका छन l बिस वर्ष पछि हुन लागेको स्थानयि तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वको लागि सबै पार्टीका नेताहरुले उम्मेदवारी घोषणालाई तिव्रता दिएका छन ।


निर्वाचनको लागि पुराना तथा नयाँ अनुहारहरुले विभिन्न पदमा आफनो उम्मेदवारीलाई सार्बजानिक गर्न थालेका हुन । यसै बीच किर्तिपुर नगरपालिकाको उप प्रमुख (उपमेयर) को लागि पनि आकाक्षी धेरै देखिएका छन । ति मध्यकि एक हुन बरिष्ट समाजसेवी तथा राजनीतिकर्मी सुमित्रा बस्नेत, बिगत डेढ दशक देखि राजनीति तथा सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि उनले काम गर्दै आएकी छिन l उनको काम गर्ने इच्छा शक्ति तथा किर्तिपुर बासीहरुको रोजाइमा पर्न सफल महिला र किर्तिपुर नगरपालिकाको बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा उनको जित्ने सम्भाबना पनि प्रचुर रहेको जानकारी किर्तिपुर नाबासी जनताले बताएका छन् l सुमित्रा बस्नेत एक निडर, हक्की स्वभावकी, स्वच्छ छबि तथा स्पष्टबक्ता नेत्री तथा समाजसेवीको रुपमा परिचित समेत छिन l

किर्तिपुर नगरबासीहरुको जनमत अहिलेको परिस्थितिमा नेत्री तथा बरिष्ट समाजसेवी सुमित्रा बस्नेत संग रहेको र नागरिकहरुको जनलहर उनि प्रति रहेको जानकारी निकट श्रोतले गराएको छ । सुमित्रा बस्नेत नगरलाई हाक्न र किर्तिपुर क्षेत्रको विकासमा गति दिन पनि अपरिहार्य रहेको कुरा नगरबासीले जानकारी गराए । किर्तिपुर सास्कृतिक, धार्मिक तथा पर्यटकिय रुपले पनि धनि नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता सुमित्रा बस्नेतको आबस्यकता रहेको र सम्पूर्ण किर्तिपुरबासिहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ l

प्रतिक्रिया