ए नयाँ बर्ष !

इनेप्लिज २०७४ वैशाख ६ गते ०:५३ मा प्रकाशित

आज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको छ
नेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको छ–२
तर क्यालेनडरका दिनमात्रै अघि बिकाश त उही धेरै पछाडीनै छ
महंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध र फोहोर जस्ताको तस्तै छ –२

ए नयाँ बर्ष, यो बर्ष तिमि, आमाको रगत चुस्ने कुनैपनि राक्षसहरुलाई नलिईकन
ए नयाँ बर्ष, यो बर्ष तिमि, देश बिगार्ने सबै नरपिचासहरु बागमतिमा बगाईदेउ–२
ए नयाँ बर्ष, यो बर्ष तिमि, नयाँ जोश, नयाँ उमंग, नयाँ बिहानी लिएर आउ
दिक्क दाक्क, वाक्क इक्क, भएका सम्पूर्ण नेपाली अनुहारमा मुस्कुराहट लिएर आउ–२

प्रतिक्रिया