बिहीबार, वैशाख १४ २०७४ | Thu, April 27, 2017
नेपालको समय: ०५:०५ | Washington DC: 19:20

बार्यनविरुद्ध रोनाल्डोको हृयाट्रिक, रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं,६ बैशाख । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा साविकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतरिक्त समयको खेलमा ४-३ गोल अन्तरको जित हात पारेको हो ।

पहिलो लेगमा २-१ को जित निकोलेको रियल समग्रमा ६-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलको पहिलो निर्णायक समय ८४ मिनेट रहृयो, जतिबेला बार्यनका भिडालले रातो कार्ड पाए । त्यसपछि रोनाल्डोको अफसाइड ह्याट्रिक गोल । १०९ औं मिनेटमा गोल गर्दा उनी प्रष्ट अफसाइड थिए तर, उनको गोललाई मान्यता दिइयो ।

खेलमा अग्रता भने बार्यन म्युनिखले लिएको थियो । ५३ औं मिनेटमा पाएको पेनाल्टीमा उसका रोबर्ट लोभान्डोस्कीले गोल गरे।

७६ औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए । तर, एक मिनेट नवित्दै रामोसले आत्मघाती गोल गरेपछि बार्यन म्युनिखले २-१ को अग्रता लियो ।

८४ औं मिनेटमा बार्यनले नराम्रो झड्का ब्यहोर्‍यो । उसका भिडालले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाए ।

तर, दुबै टोलीबाट थप गोल हुन सकेन र निर्धारित समयको रिजल्टले समग्रमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयको खेलमा रियल हाबी भयो । १०४ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले १०९ औं मिनेटमा हृयाट्रिक पुरा गरे । उनले तेस्रो गोल भने प्रष्ट अफसाइड थियो । यससँगै रोनाल्डोले च्याम्पियन्स लिगमा १०० गोल पनि पुरा गरे ।

तीन मिनेट लगतै एसान्सिओले गोल गरेपछि रियल मडिड ४-३ ले विजयी भएको छ र च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ ।

 

 

२०७४ वैशाख ६ गते ३:५७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी