फोकटमा नबगाऊँ आँशुको भेल

इनेप्लिज २०७४ वैशाख ६ गते १६:५० मा प्रकाशित

फोकटमा नबगाऊँ आँशुको भेल एकदिन मर्नु जो छ
भोगेर जिन्दगीका जेल – नेल एकदिन मर्नु जो छ…!!!

मेरो एकापट्टि छ भीर त अर्कोपट्टि छ ठूलो समुन्द्र
लौ जतातिर धकेले पनि धकेल एकदिन मर्नु जो छ….!!!

अमीर बन्न सक्छ मान्छे अमर बन्न कहिल्यै सक्दैन
तसर्थ कसैमा नगरौँ जाल – झेल एकदिन मर्नु जो छ…!!!

बाँचुन्जेली मिलौँ,जुटौँ नगरौँ भेदभाव र भ्रष्टाचार
सबै चढेर उधारो बाँसको रेलमा एकदिन मर्नु जो छ……!!!

सुनको बाकसभित्र होस् या खुल्ला आकाश मुनी
पक्कै यमराजसंग खेलेर खेल एकदिन मर्नु जो छ……!!!

प्रतिक्रिया