जुवाले स्वाहा :सर्वज्ञ वाग्ले

इनेप्लिज २०७४ वैशाख ६ गते २२:४८ मा प्रकाशित

हिन्दी उखान ,जुवा कभी नही हुआ ! अर्थात् जुवाले कहिले भएन l जूवाले उभो लागिदैन l जीवन तहस नहस मात्र हुन्छ l त्यति मात्र नभई आफु र आफ्ना परिवार समेत सडकमा पुगिन्छ l भिख माग्ने समेत बनाई दिन्छ l

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका लेखक तथा वर्तमान गैर आवासीय नेपाली संघ अमेरिका का संचार संयोजक सर्वज्ञ वाग्लेले यस्तै जुवा सम्बन्धि जुवा घर पुस्तक प्रकाशित गरे l र बिशेष गरि उनको उक्त जुवा घर पुस्तक शिक्षा मूलक र विध्यार्थीका लागि लागी उज्याला वाटाहरूको पहिचान गराउन सफलहोस् भनी पुस्तक लेखेका हुन् l

‘पन्ध्र वर्ष लामो जुवाघर (क्यासिनोमा ) काम गरी अनुभव सँगालेका सर्वज्ञ बाग्लेले जुवाघरकै अनुभवलाई बटुलेर कृति क्यासिनो कथा सङ्ग्रह तयार गरेका हुन् ।’ आफूले देखेका वास्तविक घटनाहरूको आधारमा तयार पारिएको ‘जुवाघर’ भावी पुस्तालाई समेत शिक्षा मिलोस भनेर प्रकाशित गरेका हुन् l

नेपालका शहर तथा गाउँमा बसोबास गर्ने मानिसलाई जूवाको लत लागे पछि कस्तो अवस्था हुन्छ भनेर उनले उक्त पुस्तकमा लेखेका छन् l जूवामा बाह्र मासे झैँ गरि आफ्नो सर्वस्व गुमाएर आफू स्वयम् र आफ्ना सन्तानलाई सडकमा पुर्याएको घटना लाई देखेका सर्वज्ञले जूवा ले चित्रण गरेका छन् l

जूवाजस्तो तुच्छ विषयलाई उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा गरेको उथलपुथललाई उजागर गरेका छन् । उनले मानिसको जीवनमा हुने ठुलो नोक्सानलाई पारदर्शी बनाई दिएका छन्

‘जूवाघर’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह २०६८ साउनमा प्रकाशित भएको हो । यसमा ३२ वटा निबन्ध छन् ।

लेखकले पुराण, महाभारत, गीता, दसैँ-तिहारको जुवा, गाउँ शहर देश विदेशको जुवाको उदाहरण प्रस्तुत गर्दै जुवाबाट किन टाढा रहनु पर्दछ भनी संदेश दिन खोजेका छन् l वाग्लेको पुस्तक जुवामा नै केन्द्रित भएको पूरा पुस्तक भएकोले यसलाई हास्यव्यङ्ग्यको गद्य खण्ड काव्य भन्न सकिन्छ l

लेखकले जुवाको कारण चार्ल्स सोभराज र विरेन श्रेष्ठ जस्ता जुवाका व्यसनी भएकाले ठुला अपराध घटेको स्मरण संदेश पुस्तक मार्फत दिन खोजेका छन । उनले कोजाग्रत पूर्णिमा देखि तिहार सम्म खेलिने जुवालाई प्रोत्साहन गर्ने प्रवृतिलाई हामीले संस्कारबाट हटाउनु पर्छ भनि समाजलाई सकारात्मक संदेश दिएका छन् l

सर्वज्ञ निबन्धकार र कथाकार पनि हुन् भने लेखकले कथा सङ्ग्रह अमेरिकामा बसेर लेखेका हुन् ।

प्रतिक्रिया