अमेरिकामा समाचार नपढ्नेले यसरी बिबिसी र सिएनएन लाई माथ गर्छन ?

इनेप्लिज २०७४ वैशाख ७ गते ०:४१ मा प्रकाशित

समयको व्यस्तताको कारण मानिसलाई आफ्नो मन पर्ने चिज बाहेक पढ्न फुर्सद छैन l आफ्नो पाठ्यक्रम बाहेक अन्यमा समय खर्च गर्ने जमाना गएछ l सामाजिक संजालले ल्याएको अभूतपूर्व चमत्कारलाई मान्नै पर्छ l

लामो प्रकारका समाचार तथा लेख पाठकले पढे भने धन्य मान्नु पर्छ l संचार माध्यम तथा शृजना गर्नेले उठेर सलाम ठोक्नु पर्छ l पाठकले पढी दिएनन् भने शृजना काम लाग्ने छैन l अब त सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका )छायाचित्रहरुको प्रदर्शनले सबैलाई उछिनेको छ l छोटो र बिषय वस्तुमा प्रवेश गरि सोझै लेख्ने सर्जकलाई पाठकले मन मष्टिश्कमा स्थाई रुपले राख्दछन l

विश्व कै सबै भन्दा ज्यादा समय काम गर्ने देश अमेरिका हो l मानिस अति व्यस्त छन l मुखमा माड लगाउन समयले साथ दिए एक भन्दा ज्यादा ठाउँमा काम गर्दछन l काम को प्रवृति फरक हुनाले अमेरिकामा मानिस छिटो काम गर्नु पर्छ l घर चलाउने अमेरिकामा नपुग्ने भएकोले सपरिवार नै काममा व्यस्त हुन्छन l

काम बाट फर्के पछि घरको थुप्रै काम हुने हुनाले मानिस झन् अल्मलिञ्छन l अमेरिकामा नेपाली समाचार कहिलेकाही मात्र हेर्ने नेपाली समुदाय छन l उनीहरुलाई अरु कसैले भने पछि मात्र समाचार थाहा हुन्छ l अमेरिका आए पछि यता कै समाचार ज्यादा हेर्ने पनि हुन्छन l

नेपालमा नेता भै या अन्य क्षेत्रमा आफुलाई निक्कै अगाडी छु भन्ने मानिस अमेरिकामा कामको बोझले थिलथिलो भएको हुन्छ l अमेरिकाको नागरिकता लिए पछि नेपालका राजनीति ,राजनैतिक दलको अवस्था ,नेपालको वर्तमान अवस्था ,बेरोजगारीको समस्या ,बिदेसिने क्रमको स्थिति ,देशको आर्थिक स्थिति ,दलका लडाई ,झगडा आदि ईत्यादी समाचारको ज्ञान राख्दैनन् l चासो पनि हुदैन ,उनीहरुलाई l

तर , यिनै मानिसलाई नेपालको बारेमा कुरा कोट्याउनु मात्र पर्छ ,अनि उनीहरुले पाठशालामा शिक्षकले बिद्यार्थीलाई पढाए जस्तो फरर सबै कुरा वकि दिन्छन l विश्व बिद्यालयमा प्राध्यापकहरुले दैनिक रुपमा दिने उपदेश जस्तो अविरल रुपमा सारा संसारको कुराको ज्ञान दिन्छन l यस्तो लाग्छ कि उनीहरु नै विश्वका प्रख्यात संचार माध्यम बिबिसी ,सीएनएनका सवै समाचार उनीहरु लाई कण्ठ छ जस्तो गर्न पनि हिच किचाउदैन l

कुरा थाल्नु मात्र पर्छ यस्तो लाग्दछ कि उनीहरु नै हरेक बिषयमा बिद्या वारिधि गरेका जस्तो भान हुन्छ l बोल्ने ,टिप्पणी गर्ने ,विचार पोख्ने ,उच्च स्तरीय कुरा गर्ने ,आदर्शको कुरा छाट्ने यिनै मानिस हुन्छन l तर समाचार चाही पढ्ने बानि हुदैन l शिर्षक मात्र हेरेर अधोपांत बताई दिन्छन l दसौ बर्ष सम्म मात्री भुमि जान नसक्ने नेपालको विद्यमान वास्तविकताको पहिचान गर्न असमर्थ हुने नेपालीले नेपालको लागि आदर्श सुझाब ,नेतालाई गालि गर्ने ,राजनैतिक दललाई झाको झार्ने र अत्तो न पत्तोको सुझाब र सल्लाह दिनेको अब कमि छैन अमेरिकामा l

पत्र पत्रिका र समाचार टुप्पो र फेद मात्र पढेर पाठ सिकाउन उनीहरुलाई कसैले जित्दैन l आधा गाग्रो छछल्किञ्च भन्ने उखान झैँ अध्ययन नै नगरी वृतान्त सुनाउन पछि पर्दैनन् l अमेरिकामा कतिपय प्रवासीले यस्तो प्रवृति देखाउने गर्छन l समाचार पढ्न उनीहरु नभ्याउने तर कूरा दोचार्न उनीहरुलाई कसैले नउछिन्ने l सुन्नु मात्र पर्छ दिएको दियै गर्छन l

कि पढेर जानिन्छ कि पढेर भने उखान जान्नु जरुरि हुन्छ l अध्ययनलाई ध्यानै नदिने तर उपदेश (लेक्चर) दिन पछि नहट्ने प्रवासी संग साबधान हुनु नै राम्रो l उनीहरुको लागि असल श्रोता नबन्नु नै जाति हुनेछ l उनीहरु संग दुरी राख्नु नै उत्तम हुनेछ l ब्यर्थमा समय खेर न फाल्नु नै सहि हुनेछ l पढेर जानकारी दिने बानि बसालौ l व्यर्थमा भए नभएको बिषयमा पण्डित झैँ नगरौ l यसैमा हामी सबैको भलो पनि हुने छ l अरुको समय मुल्यवान छ भनें बुझौ l

वाह  ! समाचार नपढ्नेले बिबिसी र सिएनएन लाई पनि माथ ———-

प्रतिक्रिया