एएनए बाल्टिमोर सम्मेलन मूल आयोजक समिति गठन

इनेप्लिज २०७४ वैशाख ७ गते १:५४ मा प्रकाशित

दि एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को आगामी सम्मेलन म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा जुन ३० देखि जुलाई २ सम्म हुने भएको छ l एएनए कार्यकारी समितिले छापा बिज्ञप्ति जारी गर्दै आगामी सम्मेलनलाई सफल बनाउन प्रारम्भिक मूल आयोजक समिति गठन गरेको छ l

बाल्टिमोर समुदायले सम्मेलनलाई अभूतपूर्व ऐतिहासिक सफल बनाउन समर्पण गर्ने प्रतिबद्धता जाहेर गरेको छ l मेरील्याण्ड तथा पेनसेल्भानिया का लागि अवैतनिक महा बाणिज्य दुत प्रेम राजा महत सम्मेलनका लागि स्थानीय सभापति (लोकल चेयर ) मा स-सम्मानपूर्वक मनोनित गरिएको छापा बिज्ञप्तिमा जनाएको छ l

यसै गरि एनएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी सम्मेलनका सभापति , प्रेम राजा महत सम्मेलनका लागि स्थानीय सभापति (लोकल चेयर ) तथा विजय श्रेष्ठ सम्मेलनका संयोजकमा मनोनित भएका छन् l

यसै गरि सम्मेलनलाई सफल बनाउन अमेरिकाका विभिन्न राज्यहरुका प्रख्यात तथा विभिन्न क्षेत्रमा बिभिन्न पेसामा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमा आयोजक समिति को विशिष्ट सदस्यहरुमा छनौट गरिएको छ l

विशिष्ट सदस्यहरुमा टेक्सासका गौरी जोशी ,क्यालिफोर्नियाका मुकुन्द ढुंगाना ,भर्जिनियाका चन्द्र लामा ,नर्थ क्यारोलिनाका शैलेन्द्र केसी ,भर्जिनियाका किरण प्रताप केसी,नविन केसी ,शरद युवराज सिंह तथा प्रशान्त राज भण्डारी आदि रहेका छन् l

यसै गरि टेक्सासका अर्जुन सुबेदी ,मेरिल्याण्डका देबरता शर्मा ,जर्जीयाका एएनए अधिकारी साम सेडाई ,मेरिल्याण्ड कि सरोज प्रजापति ,भर्जिनिया कि अधिवक्ता बन्दिता शर्मा दाहाल ,,मेरिल्याण्डका पदम पुन ,रतन सुबेदी ,विक्रान्त मान श्रेष्ठ ,लक्ष्मण प्रधान तथा लोकनाथ तिवारी विशिष्ट सदस्यहरुमा मनोनित भएका छन् l

यसै गरि मेरिल्याण्डका डा बिशाल भण्डारी,अनु वन्त ,सुनिल चौधरी ,मनोज श्रेष्ठ ,कुल प्रसाद गुरुङ ,मोहन थापा ,जेदु पोख्रेल ,रुद्र गुरुङ ,धरम बिक ,सुमन मल्ल ,बिबेक तामांग ,किरण पन्थ ,सुरेश सापकोटा (भर्जिनिया ) तथा सन्नी बराल आदि आयोजक समितिको विशिष्ट सदस्यहरुमा रहेका छन् l

आगामी दिनमा सदस्यहरु थप गरिनु को साथै अन्य उप समिति समेत गठन गरिने भएको जानकारी छापा बिज्ञप्तिमा जनाइएको छ l

प्रतिक्रिया