सधै चर्चाको शाखा

इनेप्लिज २०७४ वैशाख ८ गते ०:३६ मा प्रकाशित

नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेख समय र परिस्थिति अनुसार निकै चर्चामा छाईरहने गर्दछ । कहिले आफ्नो सदस्य गुमाएकोमा, कहिले पत्रकाहरु वीच आन्तरीक द्वन्द्व, कहिले अकल्पित काम गरेर सवैको छत्र छायाको विषय बन्न पुगेको छ ।
१) ‘की मुक्ति की मुत्यु’ को नारालाई सामान्ति राजतन्त्रको अन्त्य गरी लोकतन्त्र सहितको गणतन्त्रको स्थापना गर्ने भनि सशस्त्र युद्धमा होमिएको समयमा तत्कालिन नेकपा माओवादीले निर्दोष पत्रकार डेकेन्द्रराज थापालाई हत्या ग¥यो । आफ्नो काम कर्तब्य र जिम्मोवारी भन्दा बाहिर गएको भनि विना प्रमाण डेकेन्द्रलाई मारियो । जिउँदैं खाल्डोमा हालि डेकेन्द्रले पानी÷पानी भन्दा भन्दै माथिबाट माटो लागि पुरियो । त्यो घटनाको प्रत्यक्ष दर्शिलाई यो घटनाको विषयमा कुनै पनि जानकारी बाहिर गयो भने तिमीहरुलाई यसै गरी मारिदिन्छौं भन्दै हायल कायल हुने गरियो धम्कि थिईयो । हुन पनि हो, देशभर दिन रात सयौं राज्यपक्ष र विद्रोवि पक्षबा निर्दोष मानिसहरु मारिएका छन । दिन दाहडै आफ्न्तहरु दुवै पक्षको निशानामा छन् । हामीले पनि यो घटनालाई भन्यौं भने हाम्रो हालत पनि यस्तै हुनेछ । यो घटनालाई कुनै पनि हालतमा कसैलाई भन्नुु हुदैन भनि केही पर्ष गुप्त राखियो । मनभरी त्यो दर्दनाक पानी भनि चिच्याईरहेको आवाज कामना गुन्जि नै र¥यो । विपनामा मात्र हैन सपनामा पनि उक्त घटनाले ती प्रत्यक्ष दर्शिलाई सताउन छोडेन । भनिन्छ ‘असत्य कहिल्यै टिक्दैन र सत्य कहिल्यै डक्दैन ।’ तर त्यो घटनाकाको हत्यामा संलग्न र प्रत्येक्ष दर्शिको मनले कहिले शान्त पाएन अन्तत सत्य बाहिर आयो । हत्यामा संलग्न मुख्य दोषिबाहेक अरुले ‘डेकेन्द्रलाई हामीले मारेका हौं, यदि डेकेन्द्रको आत्मले चिर शान्ति पाउँछ भने, हामी सजाय भोग्न तयार छौं ।’ भनि न्यायालयबाट सजाए भोगि सकेका छन । उनीहरुलाई प्रहरीले फक्राउ गरी अनुसन्धमा ग¥यो । घटनालाई लुकाउन र दोषिहरुलाई कानुनको कण्डघेरमा उभ्याउन नहुने भन्दैं निर्दोष पत्रकाका हत्यामा संलग्नलाई उन्मक्ति दिन त्यतिवेलाको सरकारले निकै प्रयास ग¥यो । चौविस घन्टे अल्टिमेटम दियो । हप्तौसम्म जिल्लासहित देश र विदेशमा प्रदर्शन भयो । जिल्लाका सवै पत्रकार विस्ताविपत भए । तर दैलेखका पत्रकारसँग सरकारले घुँडा टेक्यो । दैलेखका पत्रकाहरुले गरेको न्यायाको लडाईँको जित भयो ।
२) देश लोकतान्त्रीक गणतन्त्रमा गई देश छुवाछुत मुक्त घोषणा भयो । अन्तरजातिय विवाह भएको भन्दै पत्रकार संलग्नतामा चोखो माया प्रेम गर्नेको हत्या गरियो । आफ्नो पत्रकारसहकर्मिहरुलाई कुटाकुट गरी पत्रकार आचार संहिता र विधि विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाहि गरियो । संचारमाध्यमा काम गर्ने सहकर्मिहरुलाई ब्यक्तिगत अपहेलना हुने गरि आत्ममा ठेस पुग्ने गरी बोलि बचनहरु दिईयो । जिल्लाको सवैभन्दा पहिलो रेडियोमा एडिस प्रयोग गरि ध्वस्त्र बनाईयो । आफ्नै सहकर्मिहरुलाई दिनदाहडै ज्यानमार्ने धम्कि दिईयो । पत्रकारिता पेशालाई आत्मसाथ गरेका पत्रिकाहरु मनभरी कहाँ कतिवेला के हुने हो ? भनि डर त्रास बोकि हिड्नु पर्ने अवस्था बनाए । अहिले पनि पत्रकारहरुबाटै पत्रकारहरु असुरक्षिट हुदैं आईरहेका छन । अग्रहज पत्रकारहरुबाट नयाँ पिढीहरुले कुनै पनि राम्रो ज्ञान पाएन । पाएत केवल गुण्डाग्रिद्धी गर्न सिके ,समाजलाई भडाउन र आफुहरु देशको सर्वोचत हुँ भन्न ठान्ने दम्व सिकाए ।
३) विश्वमा कहि नभएको एउटा एतिहासकि काम दैलेखका पत्रकाहरुले सम्पन्न गरे । जिल्लाको इतिहास लेखनको लागि पर्यटन महोसत्व आयोजना गरे । जिल्लाका धमाका दैनिक, साझा प्रतिविम्व साप्ताहिक, धुव्रतारा एफ.एम र रिपोर्टर्स क्लवको आयोजनामा यो काम गरिएको थियो । अहिले आएर नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले आफ्नो ५ औं अधिवेशबाट जिल्लामा रहेका सम्पूर्ण पत्रकारहरुको संगठनलाई मिलाई जिल्लाको अहिलेसम्मकै एक नमुना काम गरेका छ । लामो समयसम्म विवादीत भनेको यो शाखाले अव हामीहरु सधै झगडा गरेरमात्र हुदैन सवै एक ढिक्का भएर लाग्नु पर्दछ भनि एक कदम अघि बढी काम गरेका छन । यसरी नेपाल पत्रकार महासंघ दैलेख शाखा सधै चर्चा र परिचर्चाको रुपमा रहने गरेका छ ।
लेखक नेपाल पत्रकार महासंघ दैलेखका नवनिर्वाचित कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर :

+9779812553618

+9779748082068

+089410101v
इमेल :

[email protected]

 

 

प्रतिक्रिया