नयाँ वर्ष २०७४ को उपलक्षमा ‘ग्लोबल नेपाल टेलिभिज़न’को समुद्घाटन तथा शुभकामना आदान-प्रदान कार्यक्रम

इनेप्लिज २०७४ वैशाख ८ गते ८:०४ मा प्रकाशित

“सम्पूर्ण नेपालीलाई जोड्ने आधार
ग्लोबल नेपाल टिभी निष्पक्ष सन्चार”
नयाँ वर्ष २०७४ को उपलक्षमा ‘ग्लोबल नेपाल टेलिभिज़न’को समुद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम राखिएको हुँदा डिसी, भर्जिनिया तथा मेरिल्यान्ड वरपर बस्नु हुने सम्पूर्ण आमा-बुवा, दाजुभाइ तथा दिदी बहिनी, छोराछोरीहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

सम्पूर्ण नेपाली तथा नेपाललाई माया गर्ने हरुको लागि नयाँ वर्षमा खुसीको ख़बर ! नयाँ वर्ष २०७४ को उपलक्षमा ग्लोबल नेपाल टेलिभिजनले संसारभरबाट हेर्न सकिने खालको टिभी ल्याँउदैछ ! यो टिभी फोन, आइफोन, आइप्याड, ल्यापटप, कम्प्युटर, टिभी तथा जुनसुकै डिभाइसबाट पनि जुनसुकै ठाउँमा, जुनसुकै समयमा हेर्न सक्नु हुनेछ । यस टेलिभिजनमार्फत सुरुका दिनहरुमा प्रस्तुत गरिने कार्यक्रमहरुको सुची यसप्रकार रहेको छ । १. विश्व समाचार २.साझा चौतारी (विविध, ट्यालेन्ट शो ) ३. नेपथ्यमा नेपाल (टक शो ) ४. दिदीको घर (बालबालिकाको लागि ) ५. जिरो नम्बर (कमेडी टेली सिरियल) ६. छेड़छाड़ (कमेडी सिरियल) ७. सुशासन र विकाश ( नेपालको भ्रष्टाचार उन्मूलन र विकाश सम्बन्धी ) ८. साप्ताहिक तथा वार्षिक राशिफल ९. डकुमेन्ट्री (बिविध ठाऊँहरु) १०. जिन्दगीका रंगहरु (टक शो) ११. हाम्रो सँस्कार ( धार्मिक कार्यक्रम ) १२. काव्य र कुरा ( साहित्य र कला) १३. भुटानी ढुकढुकी ( मनोरन्जनात्मक ) १४. अर्थ सन्चार (आर्थिक व्यवस्थापन) १५. म्यूज़िक भिंडियों (विविध) १६. नयाँ तथा पुराना मुभीहरु १७. अन्य विशेष आकर्षक कार्यक्रमहरु

यो टेलिभिजन तपाई हामी सबैको प्लेटफर्म हो । यदि तपाईसँग भएको प्रतिभालाई देखाउन चाहनु हुन्छ भने तपाइ जुनसुकै कार्यक्रम लिएर जुनसुकै ठाऊँबाट पनि आऊन सक्नु हुनेछ । कथा, कबिता, हास्यब्यंग, नाच(dance), गीत, गाउने, बजाऊने, बोल्ने, क्यामेराम्यान, इडिटिंग, जो सँग जे प्रतिभा छ हामीलाई सम्पर्क राख्नुहोला । हामी सबैलाइ समान अवसर प्रदान गर्नेछौं । कृपया सुझाव, सल्लाह, कमेन्ट तथा लाइक शेयर गर्न नभुल्नु होला ।

स्वादिस्ट मम, पानी पुरि, चट्पटे, छोइला चिउरा तथा अचारका साथमा शुभकामना आदान प्रदान गर्ने र आफूमा लुकेको प्रतिभा देखाउने सुबर्ण अवसर नगुमाउनु होला । साथमा युवाहरुको लागि बिन्ङ्गोको आकर्षक पुरस्कार र आमावुवाहरुको लागि पनि विभिन्न रमाइला खेलहरुको ब्यबस्था गरिएको जानकारी पनि यसै सुचना मार्फत गर्न चाहन्छौं । यस कार्यक्रममा बालसरोकार अन्तर्गत बालप्रतिभाहरुको ट्यालेन्ट शो, फेस पेन्टिङ, अङ्रेजी क्यालेन्डर अनुसार आमाको मुख हेर्ने दिन परेको हुँदा आमा सम्बन्धी कुनै गीत, कबिता वाचन गर्न चाहनु हुन्छ भने पनि इच्छुक अभिभावकहरुले भाग लिनको लागि मे महिनाको १० तारिखभित्र सम्पर्क गरी (३-१९ वर्ष भित्रका )आफ्ना बाललालिकाको नाम टिपाऊनु होला ।

ग्लोबल नेपाल टिभी परिवार

Program Date : May 14th 2017 Sunday Time 11 AM to 6 Pm
Point of Contacts (POCs) : (703) 474-9767 or (571)376-5510 or (571) 474-9074 or (571) 265-7639 or +1 (703) 870-6480 or 9849823758 (ktm,Nepal)

Program Venue: 14102 sullyfield circle, suite 300, Chantilly, VA 20151

Email: [email protected]
Visit us @ www.globalnepal.tv

Global Nepal Television

globalnepal.tv

Posted by Global Nepal TV on Saturday, April 8, 2017

प्रतिक्रिया