छोटो समयमा चर्चामा मोडल उषा

इनेप्लिज २०७४ वैशाख ८ गते १४:०१ मा प्रकाशित

पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा युवाहरुको मोह बढेको छ । रंगीन पर्दा भित्र आफुलाई परिचित गराउने सुन्दर सपना बुनेर यो क्षेत्रमा आउने कतिको सपना पुरा हुन्छन् त कतिको अधुरा । यहि भिडमा आफुलाई परिचित गराउन सफल भएकी छन् मोडल उषा सुवेदी । नुवाकोट स्थायी घर भएकी उनी अभिनय क्षेत्रमा लागेको छोटो समयमा ४० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गर्दै आम दर्शक श्रोताको मन जित्न सफल भएकी छन् ।

आफ्नै कडा, मेहनत र परिश्रम गर्दै यहाँ सम्म आइपुगेकी उनी भविष्यमा सफल अभिनेत्री भन्ने लक्ष्यका साथ संघर्ष गरिरहेकी छन् । कसैको सहयोग र साथ विना आफ्नै एकल प्रयासले सफलताका बाटोमा लागिरहेकी उनी सफल मोडल मात्र होइन कुशल गीतकार पनि हुन । उनका शब्दमा आधुनिक तथा लोक गीतहरु १५ वटा भन्दा बढि श्रोता माझ आइसकेको छ । संघर्षले नै मानिसले सफलताको बाटोमा अघि बढाउँछ भन्ने कुराको उदाहरण हुन मोडल उषा सुवेदी । सानोे उमेरमा विभिन्न आरोह अवरोहलाई पार गर्दै आफु भित्रको प्रतिभालाई आमदर्शक माझ ल्याउन कहिले हरेस खाइनन् । आफ्नो लक्ष्यमा दृढ संकल्पका साथ अघि बढेकै कारण आज उनी आमदर्शकको मन मुटुमा बस्न सफल भएकी छन् । कलाकारिताको यात्रामा एक पछि अर्को सफलता प्राप्त गर्दै उनी सफल अभिनेत्री हुने बाटोमा अघि बढेकी छन् ।

टेलिभिजनको पर्दामा अरुले अभिनय, नृत्य गर्दा टेलिभिजन भित्र आफु पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने कल्पना र सपना सझाएकी उनी स्कुलमा हुने सबै नृत्य प्रतियोगितामा प्रथम हुने गर्द्थिन् । उनको सपना केहि हदसम्म पुरा भए पनि अझ लक्ष्यमा नपुगेको उनी बताउँछिन् । परिवारको पूर्ण सहयोग भने उनले पाइनन् । त्यसको बाबजुत पनि उनी कलाकारितामा लागिन् र आज एक सफल मोडल उषा सुवेदी भनेर आफ्नो परिचय स्थापित गर्न सफल भएकी छन् । कसैको प्रेममा रहेको बताउँने उनी कलाकारितामा केहि गरेपछि मात्र विवाह गर्ने योजनामा रहेकी छिन् । उनी आफ्नो सपना जसरी पनि पुरा गर्ने बताउँछिन् । उनलाई नेपाली कला क्षेत्रमा सम्भावना भएको मोडलको रुपमा लिइन्छ । देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमो सहभागी भइसकेकी छिन् । उनले कलाकारितामा गरेको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान पनि गरेको छ ।

प्रतिक्रिया