शान्ति नेपाली समाज बेलायत’ को आयोजनामा नयाँ वर्ष २०७४ कार्यक्रम भव्यताका साथ सम्पन्न भिडियो हाइलाइट सहित

इनेप्लिज २०७४ वैशाख ८ गते १४:१० मा प्रकाशित

शान्ति नेपाली समाज बेलायत को आयोजना मा १८/०४/२०१७ तारिकको दिन नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ| सस्था का अध्यक्ष श्री कोशलेश्वर ढकाल को सभापतित्वमा, प्रमुख अथिति महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो| कार्यक्रममा बिभिन्न संगसस्था का प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत बिशिस्ठ व्यक्तिहरुको उपस्थिति थियो|

उक्त कार्यक्रम मा ५०० भन्दा बढी को संख्यामा नेपाली दिदीबहिनी , बुवा आमा तथा दाजुभाई हरुको उपस्थिति थियो| साथै कार्यक्रममा सस्था का उपाध्क्षय भोजराज भण्डारी ले स्वागत मन्तब्य दिएका थिए भने भुपेन्द्र पाठक ले औपचारिक कार्यक्रम संचालन गरेका थिए र सास्कृतिक कार्यक्रम सस्थाका सक्रिय सदस्यहरु जानकी गैरे र बिज्ञान हुमागाई ले संचालन गरेका थिए | नेपाली शहिदहरूको सम्झनामा१ मिनेट मौन धारण गरी राष्ट्रिय गान गाउदै कार्यक्रम अगाडी बढेको थियो र मनमोहक बातावरणमा उपस्थित सबै मा नयाँ वर्षको सुभकामना आदान-प्रदान भएको थियो|

कार्यक्रम मा चर्चित राष्ट्रिय लोक तथा दोहरी गायक राजु ढकाल , लोक तथा दोहोरी गायिका जानकी तारामी मगर तथा चर्चित मोडेल रेश्मी तामाङ , पप तथा रयाप गायक नबु घले, ले उपस्थित सबैलाई विभिन्न किसिमका लोक तथा दोहोरी गीतहरु तथा नाचगान गरेर भरपुर मनोरन्जन गराएका थिए साथै नेपाली पोशाक मा सजिएका स्थानीय कलाकार हरुले बिभिन्न नेपालको मौलिकता झल्काउने नाचगान गरि रमाइलो गरेका थिए साथै कार्यक्रममा राफल (चिट्टा) पनी खेलिएको थियो| राफल कार्यक्रम सम्पूर्ण उपस्थित दिदीबहिनी, बुवा,आमा तथा दाजुभाइहरु एकैसाथ भाग लिन सक्ने कार्यक्रम भएको हुनाले सम्पूर्ण उपस्थित महानुभावहरुले राफलमा सहभागिता जनाएका थिए |

राफल अतिनै आकर्षक वातावरणमा सम्पन्न भएको थियो र कन्या को हातबाट राफल को नतिजा निकालिएको थियो र प्रथम,दुतीय,तृतीय हुनेलाई आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो|साथै सस्थाका अधक्ष्य तथा कार्यक्रमका सभापति कोशलेश्वर ढकाल ले आफ्नो मन्तब्य को क्रममा नयाँ बर्षको सुभकामना दिएका थिए साथै सस्थाले साल भरि गरेका दैविक प्रकोप ,स्वास्थ्य क्षेत्र तथा गरिब ,निमुखा बालबालिकालाई सस्थाले गरेको सहयोगको बारेमा सबैलाई जानकारी गराएका थिए साथै आगामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरु गर्न को लागि सबैबाट सुझाव,सल्लाह को अपेक्षा राखेको र सबैलाई आ –आफ्नो ठाउँ बाट सक्दो सहयोगको गरिदिनुहुन अनुरोध पनि गरेका थिए र कार्यक्रममा महामहिम डा. दुर्गा बहादुर सुवेदीले आफ्नो मन्तब्यको क्रममा नयाँ वर्षको सुभकामना दिए साथै सस्थाले बिभिन्न सेबा मुलक काम गरेको सुन्दा धेरै खुसि लागेको र भविष्यमा यस्तै काममा सस्थालाई आफ्नो सधै साथ रहने प्रतिबद्धता ब्यक्त गरेका थिए | साथै कार्यक्रममा योगा गुरु पुस्कर राज पन्त र एन.आर.एन आइसीसी सदस्य श्री रोसन के.शी को पनि उपस्थिति थियो |

प्रतिक्रिया