एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम सुरु

इनेप्लिज २०७४ वैशाख ८ गते २३:१७ मा प्रकाशित

अप्रिल २१ ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम सुरु भएको छ l कार्यक्रममा वरिष्ठ गायिका मीरा राणाले नेपाली राष्ट्रिय गीत गाएकी थिइन् l

ग़ैर राजनीतिक तथा ग़ैर नाफा मूलक संस्था – भिजन फ़र नेपाल फ़ाउण्डेशनले कार्यक्रमको आयोजना गर्नु को साथै युनाईटेड नेपलिज फेलोशिप नामक अर्को एक सामाजिक संस्थाको सहयोगमा कार्यक्रम भर्जिनियाको भियनामा बहस सुरु भएको छ l

मूलत बहसलाइ निष्पक्ष, स्वतन्त्र एवं प्रभावकारि ढगंले सम्पन्न गर्नका लागि कमिसन अन प्रेसिडेनसिएल डिबेट सगं सहकार्य गरेको छ भने बहसमा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा ,केशव पौडेल तथा कृष्ण पोख्रेल सहभागि भएका छन् भने राम पोख्रेल तथा गौरी जोशी अन्त्यमा बिसेष कारण आउन नसकेको जानकारी आयोजक ले जानकारी दिएका छन् l

विश्व मै अनुकरणीय मानिने प्रजातांत्रिक शैली, खुला प्रतिस्पर्धा, र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्क अनि बहसको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपतिको चुनाव जस्तै गरि नेपालीहरूलाई पनि आफ्नो नेता छान्नको लागि भिजन फ़र नेपाल फ़ाउण्डेशनले सन् २०१५ मा पनि सफलता पूर्वक बहस कार्यक्रम गरेको थियो l

९० मिनट लामो बहसमा प्रत्यासिहरूले आफ्ना कुरा राख्नुको साथ साथै दर्शकदीर्घा लगायत बिभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरुको प्रत्यक्ष जवाफ दिने अवसर दिईने भएको छ l

प्रतिक्रिया