नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा भव्यता को साथ सम्पन्न

इनेप्लिज २०७४ वैशाख ११ गते १३:५६ मा प्रकाशित

अप्रिल २४ ,विजय थापा,वाशिंगटन डिसी ,नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ l कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्रि जीवन बहादुर शाहीले गरेका थिए l कार्यक्रममा नेपाल का लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसी ,कांग्रेस म्यान तथा अन्य बिदेशीहरुले शुभकामना दिएका थिए l नेपाली समुदायका संघ /संस्था तथा जन सम्पर्क समितिका बिभिन्न शाखा का प्रतिनिधिहरुको बाक्लो उपस्थिति हुनुको साथै उनीहरुले शुभकामना मन्तब्य राखेका थिए l

उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’तथा स्थानीय स्तरमा उप समिति गठन गरेको थियो l बिभिन्न उप समितिमा होटल तथा खाना व्यवस्थापन ,आर्थिक एवं रजिष्ट्रेशन ,यातयात व्यस्थापन ,स्वागत तथा अतिथि सत्कार ,मंच एवं हल व्यवस्थापन ,सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा प्रचार प्रसार समिति गठन गरिएको थियो l

उक्त एक दिवसीय उक्त सभाको लागि अमेरिकाका करिव दुई दर्जन भन्दा ज्यादा शाखाका पदाधिकारी ,केन्द्रिय कार्य समितिका पदाधिकारी ,सदस्यहरु ,सल्लाहकार ,कांग्रेस दल संग आबद्ध रहेका सहित करिव ३ सय जनाको सहभागी रहेको छ l

सभाको सभापतित्व सभापति आनन्द बिष्टले गरेका थिए भने कार्यक्रम संचालन महा सचिव मुनेन्द्र नेमांगले गरेका थिए l प्रथम सभाका लागि नेपाल बाट कांग्रेसका मन्त्रि तथा अन्य नेताहरुको उपस्थिति रहेको थियो l एक दिवसीय साधारण सभामा बिधान संसोधन सम्बन्धि प्रस्ताव बिषयमा छलफल भएको थियो l

प्रस्तावित बिधान संसोधन छलफललाई आगामी नोवेम्बर महिनामा हुने अधिवेसनले निर्णय गर्ने भएको छ l यसै गरि आगामी नोवेम्बर महिनामा नेतृत्व परिवर्तन समेत हुने छ l अमेरिकामा रहेका स्थानीय तथा नेपालका प्रख्यात कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो l

यसको साथै वर्तमान अमेरिकन राजनैतिक परिवर्तन संगै संस्थालाई कसरी अगाडी बढाउने ,सँस्था तथा शाखा को कार्यदिशा ,मार्गदर्शन ,शाखा तथा केन्द्रिय अधिवेशन तथा प्रक्रिया सम्बन्धि बिषयमा व्यापक छलफल भएको थियो l

प्रतिक्रिया