दोस्रो चरणको चुनाब सम्बंदी अन्तरास्ट्रिय नेपाली मुस्लिम शक्ती कतारको बिज्ञप्ति

इनेप्लिज २०७४ वैशाख ११ गते १४:०७ मा प्रकाशित

ध्रुब क्षेत्री, बैशाख-११-कतार- नेपाल सरकार ले आगामी बैसाख ३१ लाइ पहिलो चरण र जेस्ठ ३१ लाइ दोस्रो चरण को स्थानीय चुनाबमा मतादान को दिन घोसर्ना गरे संगै धेरै ठाउमा यसको स्वागत तथा चिन्ता को बिषय ले ठाऊ पाएको छ! नयासक्ति पाटि नेपाल ले चुनाब लाइ स्वागत गरेको छ र समय मा चुनाब हुन पर्छ भन्ने मान्यता सहित चुनाबी अभियानमा लाग्न सम्पूर्ण कार्यकर्ता लाइ आग्रह गरेको छ! नयासक्ति पाटि नेपाल ले आफुहरु संबिधान प्रदत अधिकार मा निहित रहेर निर्वाचन आयोग मा पाटी दर्त्ता गर्दा पनि चुनाब चिन्ह नपाएको गुनासो सहित आन्दोलन मा छ! नयासक्ति पाटी को आन्गगिक बिभाग अन्तरास्ट्रिय नेपाली मुस्लिम शक्ती कतार ले भने दोस्रो चरणको चुनाबमा रमजानको उपबासमा मुस्लिम समुदाय दिन भर खानपीन नगरी भोक भोकै बस्ने हुदा चुनाबी अभियान मा सामेल हुने सम्बंदी आफुहरु को चिन्तालाई ध्यान दिन बिज्ञप्ति मार्फत सरकार को ध्यान आकार्सर्ण गराएको छ!!!

अन्तरास्ट्रिय नेपाली मुस्लिम शक्ती कतार का संयोजक इब्राहिम मियाँ द्वारा जारि बिज्ञप्ति को पूर्ण पाठ तल उल्लेख छ!

सम्मानिय प्रधान मन्त्री ज्यु
नेपाल सरकार
सोमबार, बैशाख-११-२०७४
विषय -: नेपाल सरकारको ध्यान आकर्षण गराउने बारे !!

मधेशी मार्चा र सरकारबीच ८ बुंदे सहमति भई ३१ बैसाख र ३१ जेठ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गरिने कुरा आएको छ। यसप्रति हाम्रो मुस्लिम समुदायको ध्यानाकर्षण भएको छ । (इन्सा अल्लाह) जेठ १३ गते देखि मुस्लिम समुदायको एक महिने रमजानको रोजा (उपबास) शुरू हुँदैछ । असार ११-१२ गतेतिर रमजान सकिन्छ । रमजानको उपबासमा मुस्लिम समुदाय दिनभर खानपीन नगरी भोक भोकै बस्छन्, धेरै भन्दा धेरै उपासना गर्छन् र अन्य धार्मिक कर्ममा व्यस्त रहन्छन् । रमजान महिनामा निर्वाचन सम्बन्धी कृयाकलापमा संलग्न हुन मुस्लिम समुदायलाई सहज हुँदैन । हामी प्राय: असमर्थ हुन्छौ । निर्वाचन गराएर देशलाई राजनीतिक अस्थिरता बाट मुक्त गराउन पर्छ । तर, यो रमजान शुरू हुनुभन्दा पहिले नै जेठ १० गते सम्ममा सम्पन्न हुनुपर्छ भन्ने मा हामी मुस्लिम समुदाय नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

नेपाल सरकारले मुस्लिम समुदायको धार्मिक आस्थाको बेवास्ता गर्दै ३१ जेठमा गर्न लाएको चुनाव को निर्णय लाई सच्याउन जोडदार माग गर्दछौं ।
धन्यबाद,

इब्राहिम मियाँ
संयोजक
अन्तरास्ट्रिय नेपाली मुस्लिम शक्ती कतार

प्रतिक्रिया