नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोमा भेटघाट

इनेप्लिज २०७४ वैशाख ११ गते १५:१३ मा प्रकाशित

मास्को, २३ अप्रिल २०१७ (आइतवार) । रूसको राजधानीमा आयोजित कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता, नेपालको संसद–व्यवस्थापिकाका सदस्य, नेपालका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालसँग मास्कोस्थित नेपाली राजदूथावासमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

गैरआवाीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारी, एनआरएनए केन्द्रीय समस्य एवं विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य, नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालयका अध्यक्ष मिलन कट्टेल, रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलसहित रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको समुपस्थितिमा रूस महासंघका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेले नेपालका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालको हार्दिक स्वागत गर्नुभयो ।

मास्कोमा बसोवास गरिरहेका नेपालीहरूसंग भलाकुसारीपश्चात् नेपाली राजदूतावासको सभाकक्षमा अन्तरक्रिया कार्यक्रमको संचालन गरिएको थियो । महामहिम ऋषिराम घिमिरेज्यूले अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्नुहुँदै नेपालका पूर्वप्रधानमन्त्री तथा उहाँको साथमा मास्को आइरहनुभएका अतिथिहरूको र कार्यक्रममा उपस्थित नेपालीहरूको हार्दिक स्वागत गर्नुभयो ।

गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीले नेपालका पूर्वप्रधानमन्त्रीको मास्को आगमनको सन्दर्भमा हर्ष प्रकट गर्दै रूसमा नेपाली छात्रहरू, उद्यमीहरू र कामदारहरूसमेत गरी गैरआवासीय नेपालीहरूको संख्या करिब एक हजार पुग्छ भन्ने जनाउँदै नेपाल र रूसबीच श्रमसम्झोताको आवश्यकता भएकोतर्पंm औंल्याउनुका साथै गैरआवासीय नेपालीहरूका उपलब्धिहरू र केही समस्याहरूबारे पनि अवगत गराउनुभएको थियो ।
नेपालका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालले आफ्नो मन्तव्यमा वर्तमान अवस्थामा विश्वका कम्युनिष्टहरूबीच विचारको पारस्परिक आदानप्रदानका लागि रूसको राजधानीमा सम्पन्न भएको अन्तरराष्ट्रिय सम्मेलनको कार्यक्रममा आपूmले २१ र २२ अप्रिलमा भाग लिएको र दुई दिनको छोटो मास्को बसाईमा पनि ठीक १०० वर्षअघि रूसमा समाजवादी क्रान्तिको नेतृत्व गर्ने भ्लादिमिर लेनिनले आफ्नो जीवनको अन्तिम समयमा आराम लिएको मास्को नगरबाहिर रहेको लेनिन्स्की गोर्की भन्ने ठाउँको स्मृति–संग्रहालयको अवलोकन गर्नुका साथै लेनिनको जन्मजयन्तीको सन्दर्भमा २२ अप्रिलका दिन मास्कोको केन्द्रमै लालमैदानस्थित लेनिन–समाधिमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेको बताउँदै नेपालको वर्तमान राजनैतिक अवस्थाबारे संक्षेपमा अवगत गराउनुभयो र नेपाल राष्ट्रका ५ सर्वोच्च पदहरूमध्ये देशको राष्ट्रपति, संसदको सभामुख तथा सर्वोच्च अदालतको न्यायाधीश जस्तो ३ गरिमामय पदमा महिला भएको चर्चा गर्दै अन्ततोगत्वा २० वर्षकोअन्तरालपछि स्थानीय निकाय (नगरपालिका र गाउँपालिका) को निर्वाचन आउँदो ३१ गते (वैशाख २०७४) मा हुनु संविधान कार्यान्वयनको दिशामा ज्यादै महत्वपूर्ण परिघटना हुनेछ भन्ने आशयको अभिव्यक्ति दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा तेजबहादुर शाह, गोविन्दप्रसाद गौतम प्रभृति सहभागीहरूले नेपालमा संक्रमणकाल निकै लम्बिनु, निरन्तर सरकार परिवर्तन भइरहनु, नयाँ पुस्ताका कार्यकर्ताहरूले प्रोत्साहन नपाउनु, निकै लामो समय लगाएर पारित भएको सम्बिधानको कार्यान्वयन हुन नसक्नु आदि देशको विकासमा तगारो भइरहेको र यस्तो अवस्थाबाट छिटो निकासको सम्भाव्यताबारे जिज्ञासा राखेका थिए । डा. सूर्यप्रकाश पौड्यालले पूर्वप्रधानमन्त्रीहरूको सल्लाहकार समिति बनाउनुपर्ने विषयमा जोड दिनुभएको थियो भने डा. मणिराज पोखरेलले नेपाल–रूस मैत्री विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई राज्यको तर्पmबाट उचित सम्मान प्रदान गरेर प्रोत्साहित गर्नु आवश्यक छ भनी औंल्याउनुभएको थियो । यस पंक्तिकारले रूसको भूमिमा आदिकवि भानुभक्तको द्विशतवार्षिक समारोहको क्रममा रूसमा रहेको नेपाली समुदायको अग्रसरतामा सालिक स्थापनाका साथै रूसी भाषामा भानुभक्त आचार्य तथा लक्ष्मीप्रसाद देवकोटाका कवितासंग्रहहरूसहित दशौं पुस्तकहरू प्रकाशित गरिएको र काठमाडौंमा रूसी महाकविको प्रतिमा उद्घाटन समारोहमा नेपालीमा उनका काव्यहरूको सङ्ग्रहको विमोचन गरिएको अवगत गराउँदै उन्नाईसौ शताब्दीको अन्त्यतिर नेपाल यात्रा गर्ने प्रथम रूसी विद्वान् इभान मिनाएभको प्रतिमा काठमाडौंमा र दुई देशबीच दौत्य सम्बन्ध स्थापना अगावै सन् १९५३ मै रूस पुग्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा मास्कोमा स्थापना गरिनुपर्ने र रूसबाट पर्यटकहरूलाई आकर्षित गर्न समेत रूसी भाषामा नेपालको साहित्य, कला, संस्कृतिसम्बन्धी पुस्तकहरू र शब्दकोषहरूको प्रकाशनका साथै नपाली सम्पदाको संरक्षण र परम्परागत रूप सुरक्षित रहने गरी भूकम्पको मारमा परेका ऐतिहासिक र धार्मिक स्थलहरूको जीर्णोद्धार तथा पुनर्निमाण गरिनु आवश्यक छ भन्ने विचार व्यक्त गरिएको थियो ।

रूसको तीनपल्ट यात्रा गरिसक्नु भएका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालले अन्तरक्रिया कार्यक्रमका सहभागीहरूका प्रश्नहरूको समुचित उत्तर दिंदै नेपालको विकाससम्बन्धी विभिन्न जिज्ञासाहरू शान्त गर्नुभएको थियो । नेपाली राजदूतावासको तर्पmबाट नेपाली पाहुनाहरू र अन्तरक्रिया कार्यक्रमका सहभागीहरूको सम्मानमा दिवाभोजको पनि आयोजना गरिएको थियो ।

दिनाङ्क : २४ अप्रिल २०१७,
मास्को, रूस महासंघ ।

प्रतिक्रिया