शायद पूर्णरुपमा फोटोग्राफी लाई नै आफ्नो पेशा बनाउने पहिलो नेपाली मै हु अमेरिकामा : बिमल नेपाल ,बोस्टन

इनेप्लिज २०७४ वैशाख १२ गते २:०७ मा प्रकाशित

बोस्टन अमेरिकामा कार्यरत चर्चित नेपाली फोटोग्राफर बिमल नेपाल बोस्टनमा सक्रिय अन्तरराष्ट्रिय सामाजिक संस्था हिमालयन लाइन्स क्लबको अध्यक्ष (२०१५-२०१७ ) समेत हुनु हुन्छ l प्रस्तुत छ वहा संग हालै गरिएको छोटो कुराकानी :

ईनेप्लिज : आधुनिक कालको सबै भन्दा पुरानो र बम कान्ड पछि अझ चर्चित भएको बोस्टन म्याराथन -२०१७ मा तपाइले अफिसियल फोटोग्राफर रुपमा काम गर्ने मौका पाउनु भयो ? अनुभव कस्तो रह्यो ?

बिमल नेपाल : एउटा प्रतिष्ठित र गौरव शालि संस्था ले पत्याउनु र काम गर्ने मौका दिनु मेरो लागि गौरब कै कुरा हो l जसलाई मैले म्याराथन को सुरुवात लाइनमा बसेर ४ घण्टा निरन्तर फोटो खिचेर र फिनिश लाइनमा अझ ४ घण्टा निरन्तर फोटो खिचेर समय समयमा उच्च स्तरको ब्यबसायिक उत्तरदायित्व निर्वाह गरे l

र ,आयोजक मेरो कार्य बाट अत्यन्तै उत्साहित छन् l त्यसो त एउटा फोटो पत्रकारको रुपमा बोस्टन वरपरका बोस्टन ग्लोब ,क्याम्ब्रिज ,क्रेनिकल लगायत पत्र पत्रिकाहरुको लागि फोटो खिच्दै आएको छु l म पुर्णकालिन फोटोग्राफी गर्ने सायद पहिलो नेपाली हु अमेरिकामा l कमर्सियल र एडीटोरिएल फोटोग्राफी मेरो कार्यक्षेत्र हो l

१. एउटा फोटो ग्राफर को रुपमा तपाईलाई सवैले चिनेका थिए तर लाइन्स क्लवमा पनि सक्रिय हुनु हुदो रहेछ त ?

हो ,म हिमालयन लायन्स क्लब न्युईङ्गल्याण्ड बोस्टनको वर्तमान (२०१५-२०१७ )को अध्यक्ष हु l

२. लायन्स क्लब ले के गर्छ ?

यो अन्तरराष्ट्रिय सामाजिक तथा मानव सेवा संगठन हो l हामी त्यसको शाखाको रुपमा बोस्टनमा बिगत ८ बर्ष देखि सक्रिय छौ l

३ .यसको सेवा कार्य क्षेत्र बोस्टन मात्र हो ?

सामाजिक र मानव सेवा कार्य क्षेत्र सिमित हुदैन l हामी जसलाई सहयता आवस्यक पर्दछ उसलाई गर्दछौ l बोस्टन देखि नेपाल सम्म हाम्रो सेवा पुगेको छ l

४. के के काम गर्छ तपाईको क्लबले ?

लायन्स क्लब इनटर नेसनलको कार्यनीति र गाइड लायन्सको अधिनमा रहेर यसले दैनिक कार्यक्रम र प्रोजेक्टहरु चलाउदै आएको छ l हामीले मासिक रुपमा दुई किसिमका बैठक गर्दछौ l यसमा सदस्यहरु बीच बैठक हुन्छ l नियमित कार्य संचालन बारे र अर्को बिजनेस अर्थात् प्रोजेक्ट मिटिंग l

५. क्लब काम बारे अलि स्पष्ट पारि दिनु हुन्छ कि ?

हामी ३८ सदस्यहरु छौ l हामीले नियमित रक्तदान ,निशुल्क आँखा शिबिर ,छात्रवृति जस्ता कार्यक्रम चलाउछौ l र यसको लागी बर्षमा ८-१० वटा फन्डरेज कार्यक्रम चलाउछौ l हाम्रो क्लबले बिगतमा नेपालको एउटा हाइस्कुल पुस्तकालय भवन बनाएर हस्तान्तरण गरेको छ l

हरेक बर्ष नेपालको गरिवीग्रस्त क्षेत्रको स्कुल लाई $ १५०० डलर सहायता उपलब्ध गराउदै आएको छ l क्लबले डिस्ट्रिक च्याप्टर र लायन्स क्लब इन्टर नेसनल लाई हरेक बर्ष शुल्क बुझाउने उत्तर दायित्व समेत पुरा गर्दै आएको छ

६. नेपालको महा भूकम्पमा पनि तपाइको क्लब निकै सक्रिय थियो नि ?

हो ,हामीले तत्कालै बोस्टन क्षेत्रमा कार्यरत संस्थाहरु संग मिलेर ठुलो राहत रकम संकलन गर्यौ l र नेपाल सरकार लाई हस्तान्तरण गर्यौ l यो मेरो कार्यकालमा भएको सबै भन्दा महत्वपूर्ण काम भएकोमा गर्व लाग्छ l

७. यी काम नेपाली संस्था बाटै पनि गर्न सकिन्थ्यो नि किन लायन्स क्लब नै चाहियो ?

नसकिने होइन् ,नेपाली संस्थाहरु लिई सामाजिक काम गर्ने ,गाइड लाइनको अभाव छ l अनि नेपाली संस्थाहरु राजनैतिक भागवण्डा र समुहगत भाडभैलो ले आक्रान्त छन् अमेरिकामा l

लायन्स क्लब अन्तर राष्ट्रिय संस्थाको गाइड लाइन मा बसेर काम गर्नु को अर्कै मज्जा छ l यसमा नेपाली राजनीति घुसेको छैन र पारदर्शिता मा कसैले प्रश्न उठाउन सक्दैन l

अर्को कुरा लायन्स क्लब हामी यहाँ आएका नेपालीहरु र अमेरिकीहरु संग मिलेर काम गर्ने एउटा गज्जव को थलो पनि हो जुन अन्य संस्था हुदैन l

८. हालै केहि सदस्यले लायन्स कल्ब छाडे रे नि ?

संस्था गतिशील हुन्छ ,सदस्यहरु आउने जाने भै रहन्छ l सवैलाई सधै सक्रिय हुने फुर्सद नहुन् पनि सक्छ l यो सामान्य प्रक्रिया हो l क्लब शुल्क ,नतिर्ने व्यक्ति स्वत सदस्य बाट हट्छ ,संसार भरि l

९. समाज सेवा ले तपाई को फोटोग्राफी पेशा लाई असर गरेको छैन ?

छ नि ,सकारात्मक असर गरेको छ l यसबाट आर्थिक फाइदा भएको नहोला l तर यसबाट पक्कै मैले सामाजिक प्रतिष्ठा आर्जन गरेको छु l र एउटा मानव उत्तरदायी पुरा गर्न यस क्लब मार्फत भएको छ नि

१०. फोटो ग्राफी कस्तो चल्दै छ ?

यो मेरो पुर्णकालिन पेशा हो l मैले कर्पोरेट फोटोग्राफी, कमर्सियल फोटोग्राफी,एडीटोरियल फोटोग्राफी अर्थात् फोटो पत्रकारिता को काम गर्दै आएको छु l

सायद पूर्णरुपमा फोटोग्राफी लाई नै आफ्नो पेशा बनाउने पहिलो नेपाली मै हु अमेरिकामा l

प्रतिक्रिया