राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

इनेप्लिज २०७४ वैशाख १२ गते १४:३७ मा प्रकाशित

भक्तपुर, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको हो ।

उहाँले यहाँ पुनःनिर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला सङ्ग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन गर्नुभएको हो ।

भिडियो हेर्नुस :

प्रतिक्रिया