पुत्र कुपुत्र हुनसक्छ तर अामा कदापि कुमाता हुन सक्दिनन ,मातातिर्थ अाैशि – पुष्प राज बराल

इनेप्लिज २०७४ वैशाख १२ गते २३:४० मा प्रकाशित

अामा, बाबू र गुरु देवता समान हुन्छन । अामा र जन्मभुमि स्वर्गभन्दा प्याराे हुन्छ पुत्र कुपुत्र हनसक्छ तर माता कदापि कुमाता हुन सक्दिनन्। त्यसैले नै अामा / माताकाे महिमा ठुलाे छ याे संसारमा। हिन्दु मात्र हाेईन विश्वका धर्मशास्त्रमा अामाकाे स्थान उच्च छ। गुरु पण्डित , पिता भन्दा जन्म दिने अामाकाे स्थान उच्च छ। अामाकै महिमाका कारण अाैशिका दिन अामा प्रति राष्ट्र भक्ति सम्मान अादार तथा अामाबाट अाशिर्वाद थापिने गरिन्छ।

महिमानै ठुलाे भएका कारण माता तिर्था अाैशिका दिन घरबाट टाढा रहेका छाेराछाेरिले सम्झिने तथा नजिक रहेकाले फलफुल मिठाई जस्ता मिष्ठान खुवाउने तथा लत्ताकपडा दिएर मुख हेरेर अाशिर्वाद थाप्ने गरिन्छ। अामा सृष्टिकर्ता हुन जस्ले ९ महिना कष्टका साथ गर्भमा राखेर,वेदना सहेर छाेरा छाेरिलाई हुर्काउछिन , भाषा दिन्छिन, संस्कार सिकाउछिन र एउटा अबाेदलाई पुर्ण मानव बनाउछिन। अामा बिनाकाे सृष्टि र जीवन सफल छैन।त्यसैले अामाकाे महिमा अपरमपार छ। त्यसैले छाेराछाेरि प्रतिकाे त्याे त्याग समर्पण ममतालाई अाजकाे दिनमा सम्मान गर्दछन।

वास्तबमा मातातिर्था अाैशि यसरी रहन गएकाे थियाे भन्ने प्रचलन रहेकाे पाहिन्छ। धेरै वर्ष पहिले गाईवस्तु चराउने गाेठालाले चाैरमा फ्याकेकाे राेटिकाे टुक्रा हरायाे। उसले अच्चम मानि राेटिकाे अर्काे टुक्रा पनि फ्याक्याे अरु गाेठालाहरुले पनि राेटिकाे टुक्रा फ्याके ती मध्य अामा जीवित रहनिले फ्याकेकाे राेटिकाे टुक्रा हराएन र अामा नहुने गाेठालाले फ्याक्दा हरायाे।

हराएकाे राेटि फ्याक्ने का अामा परलाेक भैसक्नु भएकाे रहेछ। त्याे दिन वैशाख कृष्णपक्ष्य अाैशि थियाे। त्यहि स्थानमा भाेलि पल्ट राेटि फ्याक्दा नहराएपछि त्यस दिनलाई विशेष भान्दै मातातिर्थाअाैशि मनाउन थालिएकाे प्रचलन पाहिन्छ।

अामालाई सम्झन सम्मान गर्न कुनै दिन वा दिवश कुर्नु पर्छ भन्नि कुरामा मलाई विश्वास लाग्दैन। अामालाइ अाधार सम्मान हामी सदैव गर्न सकिन्छ र गर्नु नि पर्छ। जन्म दिने अामाले कदापि तिमीलाई नराम्राे हाेस , जति सुकै गल्ति गरे पनि राम्राे तरिकाले हेर्छिन्। साच्ची नै संसारमा सदैव दुख सुखिमा साथ दिने एकमात्र व्यक्ति छिन उनी हुन अामा।

मलाई संघर्ष गर्दै बाच्न सिकायाै
बेदनाकाे धुनमा नाच्न सिकायाै
तिमी त साचाै महान छाै मेरि अामा
अाफुरुदै मलाई हास्न सिकायाै।

अामा शब्द नै दुई अक्षरबाट रचित शब्द छ। जुनकाे अर्थ अा=अादरणिय मा=माता। अामा शब्दले नै भन्छकि हामिले अामाकाे उच्च सम्मान गर्नुपर्छ भनेर तर हाम्राे समाजमा अामा शब्दकाे वास्तविक अर्थ , अर्थ हिन हुँदै गएकाे देखिन्छ। मातातिर्थ अाैशिका दिन सामाजिक सन्जालमा फाटाे राखेर नौटंकी देखाउने प्रचलन चलेकाे छ।

सामाजिक सन्जालमा फाटाे राखेर के पाउछाै फाटाे राख्दैमा सम्मान गरेकाे हन्छ? हाे हजुरलाई राख्न मन भए अरुदिन राख्नुस सायद मातातिर्थ अाैशिकाे दिन नै कुर्न पर्दैन। अामाकाे अर्थ र सम्मान गर्न नजान्नेले सामाजिक सन्जालमा फाेटाे राख्छन सम्मान गर्नलाई सामाजिक सन्जालमा देखाउनै पर्छ भन्नि कुनै ग्रन्थमा लेखिएकाे छैन्। याे दिनकाे उचित सम्मान गर्न जान्नुस।

अामाकाे महत्त्व अनि माया के हाे ?? फेसबुक टुईटर जस्ता सामाजिक सन्जालमा जात्रा देखाएर फाेटाे राख्नेलाई हाेईन जसकाे याे संसारमा अामा छैन्न उसलाई साेध निकै भावुक उत्तर पाउनेछाै।

पात्राे बनाउनेलाई मेराे अाग्रह हरेक दिन मातातिर्थ अाैशि राखिदेउ प्रत्येक दिन अामालाई माया गर्नु पर्छ भनेर लेखिदेऊ किनकि यहा सबै देखावटी मात्र चल्छ।।।

(लेखक हाल ललितपुर ईन्जिनियरिड्ग कलेजमा सिभिल ईन्जिनियरमा स्नातक गरिरहेका छन् । )

प्रतिक्रिया