पित्त पत्थरी भएको महिलालाई देवता लागेको भन्दै धामीले हजारौ भाले स्वाहा पारे ,सन्दर्भ मातातीर्थ औशी -संस्मरण

इनेप्लिज २०७४ वैशाख १३ गते २:११ मा प्रकाशित

अहिले यो कुरा सुन्दा विश्वास गरिदैन l अहिले पनि दुर्गम र विकट स्थानमा धामी झाक्रीमा निर्भर पर्ने समुदाय पनि छन् l समय र काल चक्र संगै धामी झाक्री बिस्थापित हुदैछन् l शिक्षा तथा अन्ध विश्वास घट्दै जानुले धामी झाक्री ओझेलमा पर्दै छन् l

मानिस बिरामी परे पछि धामी झाक्रीले देवता लागेको भनि आफ्नो दुनो सोझ्याउछन l अनि उपाय भनेको नै झारफुक गर्ने र कुखुराको भाले काटे सबै ठिक हुन्छ भन्छन l यसरि नै देउता लागेको छ भन्दै करिब १० बर्ष सम्म झारफुक गर्ने नाममा हजारौ कुखुराको बलि चढाईएको छ l धनकुटा जिल्लाको मुगा गाबिसको ठुलो परिवारकी एक महिला पनि यसको शिकार बन्न पुगिन l

बिहान कुखुराको डाक देखि राती १० बजे मात्र विश्राम नपाउने शरीरले १० बर्ष सम्म अन्ध विश्वासको कारण ठुलो पिडा भोग्नु पर्यो l पेट दुखाईको कारण झन् महिला थालिदै गईन l एक दशक सम्म गाउँ भरका अनगिन्ती धामी झाक्रीले हजारौ हजार रातो ,सेतो ,कालो भाले सखाप परे तर उनको पेट दुखेको निको भएन l

झन् रोगले च्याप्दै लग्यो l बुहारी बिरामी छिन् भन्दै मिठो ,मसिनो र चिल्लो दियो झन् रोगले च्याप्यो l दिन रात कसैकी बुहारी ,कसैकी पत्नी तथा कसैकी आमा पेट दुखाईले प्राण जाने जस्तो कैयौ पटक अनुभूति गरिन l पेट दुखाई निको भएन र केहि सिप लागेन l

बेलुका देखि दुखेको पेट बिहान कुखुराको डाक सम्म पेट दुखेको दुखै l डाको छोडेर रुनु पर्ने ,रुदा रुदा कसो कसो गरेर पेट दुख्न छोडे पछि बल्ल सुत्न पाउनेको एक पीडादायक राम कहानी त्यो पनि एक अभागी महिलाको l पुर्पुरो मै दुख लिएर जन्म लिएको जस्तो भयो l ति महिलाले यसरि १ दशक सम्म ठुलो यातनामा बिताईन l केवल पेट दुखाई बाट l

पहाड गाउँ घरमा पेटको गानो गएको होला भनि घरेलु उपचार गर्यो ,क्षणिकलाई निको भयो l तर फेरी खायो पेट दुख्न सुरु l रुदा रुदा आँखा नै सुन्नीने तर जेठी बुहारी भएकोले पेट दुख्न छोडे पछि काम गर्न बाध्य नै पर्यो l बिहान ३ बजे उठेर ढिकी र जातो नचलाई मुखमा माड नलाग्ने हुनाले त्यसमा पनि बुहारी भएको नाताले कर्तब्य निभाईन l धर्म छोडिनन l आफ्ना सन्तान र परिवारलाई सदैव खुशी राखिन l काममा सम्झौता कहिले पनि गरिनन् l

यसरि पेट दुखाई १० बर्ष सम्म धैर्यताको साथ जीवन चक्र चलाईन l पेट दुख्ने निको नभए पछि अन्तिम अवस्थामा शरीरले थाम्नै नसक्ने भए पछि भरिया लगाई धनकुटा जिल्लाको मुगा गाबिसबाट पुर्वान्चल कै सुन्दर नगरी धरान झारियो ति महिलालाई l

धरान बाट बिराटनगर लगी कार्की थरका एक चिकित्सकले रोगको पहिचान गरे l र पेट दुखेको कारण पित्तको थैलीमा ढुंगा देखिएको बताए पछि छर्लंग भए ससुरा र अन्य सदस्य परिवार l चिकित्सकले १ हप्ता मात्र ढिला भएको भए ढुंगा फुट्ने थियो भन्दै तुरुन्त शल्यक्रिया गर्नु भनि परामर्श दिए l दुखि र पिडाका आशु पिएकी महिलालाई भारतको लखनऊ लगियो l

१८६९ मा स्थापना भएको भारतको लखनऊको बलरामपुर् अस्पतालमा पत्थरीको शल्यक्रिया गरे पछि ज्यान बाच्यो l भारतीय चिकित्सकले दिन रहेको र भाग्यले बाच्यौ भनि सफल शल्य क्रिया पछि बधाई दिएका थिए l

यसरि एक महिलाको पेट दुखेको निउमा हजारौ हजार भाले काटियो l धामी र झाक्रीले भाले कुखुरा र रक्सि ड्रम (अलकत्रा राखें ठुलो भाडो ) भन्दा बेसी खाए कति खाए l अन्ध विश्वासको कारण आफ्ना सन्तानलाई टुहुरा बनाई झन्डै प्राण त्यागेकी त्यी महिला अहिले ८० बर्ष कि भएकी छिन् र पूर्ण स्वास्थ्य छिन् l र ,बसाई भने काठमाडौँमा छ l

७ सन्तानकि ति आमालाई अहिले अमेरिका पानी पधेरो जस्तै भएको छ l नाति पनाति भै सकेका ति भाग्यशाली महिला अमेरिकाको अधिकांस शहर घुमेकी छिन् l

अमेरिकाको स्थाई आवासीय नागरिक पत्र (हरियो पत्र ) लिएर नेपाल र अमेरिका आवत जावत गर्ने क्रम जारी छ l र यी भाग्यशाली महिला अरु कोहि हैनन् यी महिला पंक्तिकारकि जन्म दिने ममतामयी आमा हुन् l

जस्ले २०२४ सालमा भारतको लखनऊमा १० बर्ष देखि बोकेर हिडेको पित्तको थैलीको ढुंगा केवल १ हजार भारतीय रुपैयामा फ्याकी नया जीवन प्राप्ति गरेकी छिन् l पुनर्जन्म झैँ भएको छ l

ईश्वरलाई कोटी कोटी प्रणाम ! हामी टुहुरा हुन् पाएनौ l आमा ! तिम्रो साथ सदा रहोस ,सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित बिदा ! छोरा ——-अमेरिकाबाट !
………………………………. अस्तु

प्रतिक्रिया