युएनए सम्मेलनमा प्रतिभा प्रतियोगिता हुने

इनेप्लिज २०७४ वैशाख १४ गते ०:५४ मा प्रकाशित

टेक्सस युएनए सम्मेलनमा १५ बर्ष माथिका बालबालिकाहरुको महत्वपूर्ण कार्यक्रम “युएनए ट्यालेन्ट हन्ट” नामक प्रतिभा प्रतियोगिता प्रदर्शन हुने भएको छ l सम्मेलनले कार्यक्रमको तालिका समेत प्रकाशित गरेको छ l

कार्यक्रममा भाग लिन चाहने तथा आफ्नो प्रतिभा देखाउन चाहनेले जुनसुकै विधामा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने छन । प्रतिभाको कुनै सिमा हुँदैन र त्यसको कुनै क्षेत्र निर्धारण गरेर प्रतिस्पर्धा गराउनु उचित पनि हुँदैन । त्यसैले गीत, संगीत, बाद्यबादन, जादु होस् वा अन्य जेसुकै होस्, यो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाइन्छ ।

आगामी मे २६ शुक्रबार साँझ ७:३० देखि ९ बजेसम्म उक्त प्रतिभा प्रतियोगिता (ट्यालेन्ट शो ) संचालन गरिनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेले १ हजार डलर र दोश्रो हुनेले ५ सय डलर प्रदान गरिने छ l

कार्यक्रमका संयोजक रायन कार्की र अर्जुन सुबेदी दुवै नेपाली समाज टेक्सासमा चर्चित युवा हुन् । त्यस्तै प्रतिभा प्रतियोगिताका निर्देशक आइशा ओझा रहेकी छिन् भने कार्यक्रमको सल्लाहकार राम हरि पाण्डे हुन् l

संयोजनको जिम्मा रोधन, श्रद्धा र आयुषले पाएका छन् भने ब्यबस्थापन बिनिषाले गर्दै छिन । त्यस्तै यो प्रदर्शन नेपसिने र प्लानेट ३ को सहयोगमा संचालन हुनेछन ।

भाग लिन चाहनेको लागि दर्ता प्रक्रिया खुला गरिएको छ भने बिस्तृत जानकारीको लागि http://unaconvention.org/मा गएर सूचना लिन सकिने छ ।

प्रतिक्रिया