नवराज सिलवाल पक्राउ मुद्दा संसदमा पुग्यो, केपी ओली बोलेपछि बबाल ! (भिडियो सहित)

इनेप्लिज २०७४ वैशाख १४ गते १:११ मा प्रकाशित

काठमाडौं, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ मुद्दालाई संसदमा उठाएका छन् ।

सोमबार बसेको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै ओलीले सिलवाललाई विना कारण पक्राउ गरिएको भन्दै सरकारको आलोचना गर्दै कानुन हातमा लिने काम नगर्न चेतावनी दिए ।

कानुन राज हुन्छ कि स्वच्छाचारी राज ? भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भने- ‘बहालहाला डीआईजीलाई विना आरोप गैरकानुनी गिरफ्तार गर्नुहुन्छ भने सर्वसाधारणलाई के गर्नु हुन्छ ?’

आईजीपी नियुक्तिमा सरकारले तमासा देखाएको भन्दै उनले डीआईजीहरूको कार्यसम्पादन मूल्यांकन पनि सरकारले नै हेरफेर गरेको आरोप लगाए ।

ओली बोल्दा प्रधानमन्त्री प्रचण्ड, राप्रपा अध्यक्ष एवं उपप्रम कमल थापा लगायत सांसदहरु ध्यानपूर्वक सुनिरहेका थिए ।

भिडियो:

प्रतिक्रिया