डीसीमा अप्रिल २९ तारिख जलवायु परिवर्तन सम्बन्धि जुलूस को आयोजना हुने

इनेप्लिज २०७४ वैशाख १५ गते १:४५ मा प्रकाशित

विश्व वन्य जन्तु कोष (डब्लु डब्लुएफ) को आयोजना आगामी अप्रिल २९ तारिखका दिन शनिबार डिसीमा बृहत जलवायु परिवर्तन सम्बन्धि जुलूसको आयोजना गरिने भएको छ l डब्लु डब्लुएफ ले जलवायु परिवर्तन जुलुसमा सहभागी बन्न आग्रह गर्दै हामीले बिश्व लाई मौसम परिवर्तन सम्बन्धि ठोस कदम चाल्न सक्छौ भन्ने नारा दिएको छ l

डब्लु डब्लुएफ ले यो मुलभूत क्षण हो भन्दै हामी सवै सफा हावा,सफा पानी ,उत्पादक कृषि क्षेत्र तथा प्रचुर मात्रा समुन्द्रमा आश्रित छौ l यसको साथै स्थिर मौसम बिना सवै जोखिम छ भन्ने संदेश दिएको छ l

हामी हरेक ले मानिस तथा वन्य जन्तु कोष को स्वास्थ्य भबिष्य बनाउन मद्दत गर्न सक्छौ l साथमा हामी पेरिस सम्झौता लाई जीत हासिल गर्न सक्छौ भन्दै बिश्व लाई मौषम परिवर्तन सम्बन्धि अमेरिका बाट सकारात्मक संदेश दिन सक्ने छौ भन्ने संदेश दिन चाहेको छ l

अव बेरोजगारी समस्या को हल गरौ र सुरक्षित समुदाय बनाऔ भन्दै जलवायु परिवर्तन सम्बन्धि जुलूसमा सहभागी हुन् सूचना जारी गरेको छ l यसको साथै सहभागी हुन् चाहनेले बिस्तृत जानकारी को लागि यस आधिकारिक संजालमा जान सक्नु हुने छ l सहभागी हुनेले अग्रिम रुपमा अनलाइन (बिधुतिय प्रक्रिया)बाट नाम लेखाउनु समेत पर्ने छ l

अग्रिम रुपमा मार्च (जुलुस ) मा नाम लेखाएका सहभागीहरुलाई गन्जी समेत प्रदान गर्ने छ l

https://support.worldwildlife.org/site/SPageServer?pagename=PeoplesClimateMarch_ParticipationForm&_ga=1.152572921.1132962209.1493066005

प्रतिक्रिया