अमेरिका ल्याउन मलाई जस्तै यहाँलाई फकाउनु नपरोस ,पुन अन्तिम पटक सम्झाउदै

इनेप्लिज २०७४ वैशाख १६ गते १:४२ मा प्रकाशित

अमेरिका जान्छस भन्दा जान्न भन्ने देशभक्ति तथा स्वाभिमानी नेपाली कति छन् ? बिदेशी माटोमा टेक्दै नटेक्ने भन्दै स्वदेशमै गुन्द्रुक र ढिडो खाएर भए पनि बाच्न चाहने कति नेपाली अहिले भेटिन्छन त ? अमेरिका जाने हो भनि प्रश्न गरे नजाने भन्ने मानिस बिरलै पाईएला l

समयमा हिरा फोड्नु पर्छ भन्ने मान्यतामा पनि त्यतिनै धेरै हामी विश्वास गर्छौ l यो पंक्तिकारलाई अमेरिका ,अवसरहरुको भुमि हो भन्ने थाहा हुदा हुदै आफ्नो लिडे ढिप्पीको कारण झन्डै अमेरिका आउन अवसर गुमाएको थियो l आफु पनि नेपालमा जन्मेको यहि देशमा प्राण त्याग्छु भन्ने लागेको थियो l अरु परिवारका सदस्य जाउन र म स्वदेशमा बसी केहि गर्छु भन्ने लागेको थियो l तर अचानक निर्णय रातारात परिवर्तन गरे l

आफुलाई अमेरिका ल्याउन र अमेरिकामा पठाउनु पर्ने कागजात भर्न भनि निकै फकाउनु पर्यो l अमेरिका बाट पठाईएको आबेदन पत्रहरु केहि महिना सम्म भरिन l आउदिन भनि लिखित तथा कुराकानीमा जानकारी गराए l मैले अरु परिवार जाउन म सबै भन्दा पछि कोसिस गर्छु भनि अन्तिममा भरे l परिणाम स्वरुप भाइले बोलाएको परिवारका सदस्यमा सबै भन्दा पछिल्लोमा परि अरु भन्दा ढिलो अमेरिका टेके l

यसरि भाईले मरिहत्ते गरि दाइको जीवन बनाउने सोच राखेको सहोदर भाईको मन दुखाई दिए l अमेरिका आउदिन भनि कसम पनि खाए l आस्चर्यको कुरा ,अमेरिका जस्तो देशमा सपरिवार आउन पाउने अवसरलाई लत्याई राष्ट्रभक्ति र देश प्रेमको भावनात्मक विचार पोखे l पटक पटक सम्झाई बुझाई गरे पछि मात्र जे परे पर्ला एक पटकको लागी अमेरिका जौ भनि सपरिवार अमेरीका आएको एक दशक भएछ l

अमेरिका बुझ्नेलाई श्रीखंड नबुझ्नेलाई खुकुरीको बिड जस्तो छ l आफु पनि त्यहि ड्याङ्गको मुला रहेछु l फुस्रो धाक र रवाफ रहेछ l हाल ५० लाख सम्म तिरेर अमेरिका जान पाए हुन्थ्यो भनि मानिस पैसाको बिटो लिएर बसेका हुन्छन किनभने लाख को लगानी अमेरिकामा अरब हुन्छ l

अमेरिका भन्दा मात्री भुमि मै रमाउने हुँदा त्यो सुख अमेरिकामा हुँदैन भन्ने सोच्ने हुँदा झन्डै कुरा बिग्री सकेको थियो l हाल नशा नशामा अमेरिका छाएको छ l कल्पना भन्दा अमेरिका बाहिर छ l अमेरिकामा जीवन छ र भबिस्य पनि छ l पिढी र सात पुस्ताको जीवनको सवाल छ l आफुलाई मात्र हेर्ने भन्दा आफ्ना सन्तान र भाबी पुस्ताका लागि भए पनि अमेरिका आउने पर्ने देश भएको छ l

मेरो जिद्धि र हठताको कारण अमेरिका आगमन बिलम्ब हुन् गयो l अमेरिका टेके पछि समय मै मानिसले हिरा फोर्नु पर्ने रहेछ भन्ने लागेको छ l मौकामा चौका हान्नु पर्ने रहेछ भन्ने कुराले अझ पनि सताउछ l आफु कतै चुकेको जस्तो लागेको छ l अमेरिकाले बिबिधता चिट्ठा खोलि नेपालीहरुलाई ठुलो अवसर दिएको छ l

यस्तो मौकालाई हामी गुम्न दिई रहेका छौ l हामी हिङ्ग नभए पनि हिङ्गको टालो हौ भनि फोश्रो घमण्डमा डुब्दा हामीले आफु मात्र हैन आफ्ना परिवारका सदस्यलाई अमेरिका जान बन्चित गर्ने प्रयास गरेका छौ l नत्र किन हामी चिट्ठा भर्न मान्दैनौ l किन गार्हो मान्छौ l किनभने सरल बाटो खोज्दछौ l यदि हामीमा त्यस्तो विचार छ भने परिवार र सन्तानलाई अमेरिका छोडेर आफु फर्के पनि हुन्छ भनि किन सोच्दैनौ ? कहिले चिट्ठा पर्दैन भनि किन निराश हुन्छौ ? कसको भाग्यमा के छ कसलाई के थाहा हुन्छ ?

अमेरिकाको चिट्ठा (डिभी )नभर्ने तर अमेरिका कसैले बोलाई दिए हुन्छ भन्ने मानिस नेपालमा प्रसस्त भेटिन्छन l उनीहरुअमेरिका जान पाए पनि हुन्थ्यो भनि परिकल्पना पनि गर्छन l अमेरिकामा भएका आफन्त ,साथीभाई ,कुटुम्ब ,नातागोतालाई प्रस्ताब पनि राख्दछन l मानौ कि अमेरिका भनेको ससुराली र मामाको देश जस्तै हो l अमेरिका त्यति सजिलो छैन l अनेकौ देशबाट हण्डर खाई ज्यानको बाजी राख्दै अमेरिका आई पुगेका नेपाली नभएका हैनन् l

उनीहरुलाई एउटा मात्र सपना अमेरिका ,अमेरिका र अमेरिका मात्र छ l किनभने अमेरिकाले मानिसको जीवन कहाँबाट कहाँ पुर्याई दिन्छ l

अमेरिकामा तल्लो स्तरको काम गर्न मात्र आउने भन्ने कुराहरु अब गौण हुदैछन l डिसी ,न्युयोर्कमा र क्यालिफोर्निया तथा टेक्सास जस्ता महानगरी क्षेत्रमा मात्र सयौ नेपालीहरु आफ्नो ब्यबसाय संचालन गरेर बस्ने भै सकेका छन् l यही कारणले अमेरिकाले सबैलाई तानेको हुन्छ र मोहनी लगाएको हुन्छ l अमेरिकामा पनि नेपालीहरुको जीवन स्तर माथि उठी सकेको छ l

जे गर्छु भन्दा पनि पाईने देश आउनलाई हरेक बर्ष खोलिने चिट्ठा समेत भर्न फुर्सद नहुने नेपालीलाई अमेरिका आउनु परेको छ l अमेरिका नआई नछोड्ने जिद्धि पनि उनीहरु भएको छ l अमेरिकाले अनगिन्ती पाठ सिकाएको छ l जुक्ति सिकाएको छ l अमेरिका सबैको चौतारी बनेको छ l अमेरिकाले जीवन पद्धति परिवर्तन गराई दिने भएको छ l सबैको भाग्य चम्काई दिने देश भएको छ l

जस्तो सुकै ,जे गरे पनि ,कृपया यो पंक्तिकार जस्तो अमेरिका आउदिन भन्ने शब्द ननिकाल्नु नै राम्रो हुने छ l अब आउदो बर्षमा जसरि भए पनि चिट्ठा भर्न दुख नमान्नु होला l सपरिवार गएर चिट्ठा भरे एक को भाग्यले अर्कोको भाग्य समेत बन्ने र चम्कने हुनाले सम्भव भए साथमा चिट्ठा भर्नु भए चमत्कार पनि हुन् सक्नेछ l

म जस्तो देश मै बसी देशको लागि केहि गर्छु भनि मात्र नभनी सन्तानको भबिस्यको लागि मलाई जस्तो तपाईलाई फकाउनु नपर्ला भन्ने मलाई लागेको छ l अमेरिका जान्न भन्ने कहिले पनि उच्चारण नै नगर्नु बेस हुने छ l

मौका आए हुन्छ भन्नु हुनेछ l अमेरिकामा गए ,अमेरिकामा नै बस्ने चाजो मिलाउनु होला भन्ने झिनो आशा लागेको छ l अमेरिकामा पैसा कमाई अमेरिका मन नलागे स्वदेश फर्कनु सक्नु हुनेछ भन्ने पनि लागेको छ l

चिट्ठा परे पनि आफु नआए पनि परिवारलाई अमेरिका जान दिनु हुनेछ l उनीहरुको भबिष्यको लागि उनीहरुलाई अमेरिका बस्ने या फर्कने निर्णय गर्ने सम्पूर्ण जिम्मा उनीहरु मै छोडी दिनु हुनेछ l

प्रतिक्रिया