महाअभियोग प्रस्ताव लाज नमानी फिर्ता लिनुपर्छ : उपेन्द्र यादव, अध्यक्ष–संघीय समाजवादी फोरम नेपाल

इनेप्लिज २०७४ वैशाख २१ गते २२:५४ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नको लागि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका छन् । उनले भनेका छन्,‘निर्वाचनमा भाग नलिएर के आवारा तालमा हिड्नु ? सबै गलत प्रचार गरिदैछ, मधेशको माग पुरा गर्नको लागि हामीले धेरै गरेका छौँ, संविधान संशोधन मात्रै होईन । सबैलाई मान्य हुनुको लागि प्रयास निरन्तर रहने छ । अर्को कुरा निर्वाचन देश र जनताको लागि हो ।’ त्यस्तै यादवले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव गलत र दुर्भाग्यपूर्ण भएको आरोप लगाउँदै उक्त प्रस्तावलाई काँग्रेस र माओवादी केन्द्रले लाज नमानी फिर्ता लिनुपर्ने समेत माँग गरेका छन् । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले अध्यक्ष यादवसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाई किन निर्वाचनमा भागलिनको लागि तयार हुनुभयो ?

मुलुक लामो संघर्षपछि केही उपलब्धिहरूको बाटोमा हिँड्दैछ । संघियता, गणतन्त्र र समावेशीता स्थापित गर्न सफल भएका छौँ । यसलाई असफल पार्नको लानि प्रतिगमनकारी शक्तिहरू क्रियाशिल हुने स्थिति छ । यसै क्रममा संशोधन संसदमा पेश भयो ।
तर प्रस्ताव पारित भएको छैन नि ?

छलफल त भयो नि । हाम्रा केही फरक मत थिए । सरकार यस कार्यमा गम्भिर भयो । प्रयास गर्यो । यो कुुरा हामीले बुझेका छौँ । तर राप्रपाका केही सांसद गायब बनाउने काम अन्तैबाट भएको थियो । सेना एलर्ट रहन निर्देशन दिनु, यता प्रधानन्याधीशमाथि महाअभियोग ल्याउनु, यी सबै कुरालाई हेर्दा मैले राष्ट्रको एकता र हाम्रा मुद्धालाई एक ईन्च तलमाथि नपर्नेगरि मैले निर्वाचनमा जाने निर्णय गरेको हुँ । यसले राष्ट्रियताको मामलामा एक संन्देश दिएको छ । प्रतिगमनकारीहरू थला परेका छन् । त्यो कुुरा सबैलाई थाहा छ । हामीले राखेको फरक प्रस्ताव संसदमा टेवुल भएकै हो ।

संशोधन नगरि कुनै हालतमा निर्वाचनमा भाग लिँदैनौ भन्ने नेता होईन र तपाई ?

मैले अघिपनि भनें हाम्रा मागहरू तलमाथि हुँदैनन् । तर केही मागकै कारण सबै परिवर्तन र उपलब्धिहरू स्वाहाः बनाउने काम त मैले गर्नुहुँदैन नि ।

उसो भए अहिले संशोधन टर्यो ?

टरेको छैन् । यसलाई हामील निरन्तर अघि लैजान्छौँ। सरकारले प्रतिवद्धता जनाएको छ । सरकार निर्वाचनको लागि सबै प्रक्रिया अपनाउन तयार छ । मैले पहिलेदेखि नै भन्दै आएको छु । संविधान पक्षपाति छ । त्यसैले यसलाई संशोधन मात्रै होईन। फेरी लेखांैं भन्दै आएको छु नि ।

संशोधन त हुन सक्दैन पुर्नलेखन कसरी सम्भव होला र ?

त्यो समयले बताउला । हिजो संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा टेवल हुँदैन । छलफल हुँदैन भनेको होईन । आज आएर भएको छ त । भोली मैले भनेको कुरा पनि आउला । २०४७ सालको संसारको उत्कृष्ट भनिएको संविधान आर्यघाट पुगेकै हो । यो पनि कुनै दिन जान्छ ।

अहिले आएर तपाईले स्विकार त गर्नुभयो नि ?

हाम्रो पुर्ण सहमति र स्विकार्य होईन । सम्पूर्ण जनताको लागि संविधान बनाउ भनेको हो । सबैको भलाईको लागि भनेको हो । जनताको भावना अनुसार फेरी लेखौ भनेको हो । सबैको स्वामित्व रहनेगरि संविधान लेखौ भनेको हो ।

राष्ट्रिय जनता पार्टीले तपाईमाथि ठूलो आरोप लगाएको छ नि ?
उहाँहरूलाई बैशाख ९ गतेको याद होला । उहाँहरूले आन्दोलनको औचित्य सकियो । अब संविधानमा भाग लिनुपर्छ भनेर नै मनोनयन दर्ताको मिति १६ गते थियो । १९ गते सारिएको हो । उहाहरूले निर्वाचनमा भाग लिन्छौँ । चुनाव चिन्ह देउ भनेर भनेको होईन। दोस्रो कुरा पहिलो निर्वाचनमा उहाहरू लड्ने ठाउँ पनि त छैन् । आज आएर धोका दियो भन्ने ? उहाँहरूले निर्वाचनमा मिलेर जाउँ भनेर प्रतिनिधिमण्डल हामी कहाँ आईरहनुभएको छ । उहाँहरूले भन्न सक्नुपर्छ । हामी कहिल्यै निर्वाचनमा भाग लिदैनौ भनेर । के यस्तो भन्न सक्नुहुन्छ ?
राजपाले प्रतिनिधिमण्डल पठाएकै हो त ?

निश्चित रुपमा हिजो हाम्रो पत्रकार सम्मेलनमा पुगेको थियो । हामीले यो कुरालाई पनि सकारात्मक रुपमा लिएका छौँ । यो पार्टीभित्र राजनीतिक बानी र चरित्र नभएका मानिसहरु पनि छन् । हावामा बोलेको कुरालाई र आधारलाई म ठुलो मान्दिन ।

आन्दोलन धरापमा पर्ने भयो भनेर राजपाको आरोप छ नि ?

त्यो मैले पहिल्यै नै भने । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नको लागि मैले यो निर्णय लिएको हुँ । निर्वाचनमा भाग नलिएर के आवारा तालमा हिड्नु ? सबै गलत प्रचार गरिदैछ । मधेशको माग पुरा गर्नको लागि हामीले धेरै गरेका छौँ। संविधान संशोधन मात्रै होईन । सबैलाई मान्य हुनुको लागि प्रयास निरन्तर रहने छ । अर्को कुरा निर्वाचन देश र जनताको लागि हो ।

पहिलो चरणको निर्वाचनपछि तपाई सरकारमा जानुहुन्छ ?

सरकारमा गईराखेका छैनौ । सरकारको पक्षमा हामी छैनौँ । संशोधन नभएसम्म हामी संघर्षमा छौँ ।

त्यसो भए सरकारमा जाने सम्भावना छैन ?

बिल्कुल छैन । हामी जनताका मागहरू पुरा गर्नको लागि सदन र सडकमा छौँ। जनता जागे भने राज्य जनताका मागहरूप्रति गम्भिर हुन्छ । माग पुरा गर्छ । सबैले भन्छन् । हामीलाई सरकारमा जान्छ भने कसैले सोचेको छ भने त्यो कल्पना मात्रै हो ।

जेठ ३१ पहिले संविधान संशोधन भएन भने के गर्नु हुन्छ ?

सरकारले प्रतिवद्धता जाहेर गरेको छ । आशा गरौँ यो काम गर्नेछ । राज्यले प्रतिवद्धता गरिसकेपछि त्यसमा हामलिे विश्वास पनि गर्नपर्छ । संशोधन नगरिकन दोस्रो चरणको निर्वाचन हुन सक्दैन । यदि दोस्रो चरणको निवार्चन तोकिएको समयमा भएन भने यो पहिलो चरणको निर्वाचनको कुनै अर्थ रहँदैन ।

प्रधानन्यायाधिशविरुद्धको महाअभियोगको बारेमा के भन्नुहुन्छ ?

पहिलो जरो आईजिपि र कमिशनको परिणाम हो । आईजिपि नियूक्तिमा करोडौँको चलखेल भएको छ । आफुले चाहेको व्यक्तिलाई असफल सर्बोच्चले पारेको झोकमा आएको छ । यो कार्य ठिक छैन् । अनियमितता एउटाले गर्ने दोष अर्कालाई दिने ? अर्को कुरा कार्यपालिकाले न्यायापालिकालाई आफ्नो नियन्त्रणमा राख्ने काम कदापि गर्नुहुँदैन । न्यायालयलाई धरापमा पार्ने भएको छ । न्यायालयमाथिको प्रहार भनेको लोकतन्त्र माथिको प्रहार हो ।

तपाईहरू यसको पक्षमा मतदान गर्नुहुन्छ या विपक्षमा ?

महाअभियोग प्रस्तावलाई लाज नमानि फिर्ता लिनुपर्छ । मतदानको कुरा मैले गर्दै गर्दिन ।

प्रक्रियामा गईसक्यो नि ?

स्वतन्त्र न्यायलयलाई स्वतन्त्र राख्नुपर्छ । अनि मात्र लोकतन्त्र सुरक्षित हुन्छ । मेरो भन्नु यही हो ।

सुशिला कार्कीलाई जिद्दी तर उहाँ ईमान्दार हुनुहुन्छ भनेर भन्नुको तात्पर्य के हो ?

मैले उहाँलाई व्यक्ति भन्दापनि संस्थासँग जोडेर भन्नुपर्छ । उहाँ भष्ट्र र अयोग्य हुँदै होईनन् । बरु ईमान्दार हुनुहुन्छ । उहाँमाथि महाअभियोग लगाउने काम कदापि मान्य हुँदैन ।

भारतले स्थानीय तहको नर्वाचनको लागि सहयोग गरेको छ नि ?

हामीले निर्वाचनलाई निरन्तर साथ दिन्छौँ । तर यसका मुल्य र मान्यताका आधारमा सहयोग हुन्छ भनेका हौ नि। भारतले सहयोग गरेको देख्ने हामीले नगरेको नदेख्ने पनि जनता छन र ?

प्रतिक्रिया