अमेरिकामा नेपाली मूलका यूवा “पिडलरएम” को नेपाली हिपहप गीतको चर्चा परिचर्चा

इनेप्लिज २०७४ वैशाख २९ गते १:१४ मा प्रकाशित

नेपालको पाटनमा जन्मेका यूवा ‘पिडलरएम’ को भर्खरै निक्लिएको नेपाली हिपहपको चर्चा परिचर्चा पाएको छ l २७ बर्षिय नेपाली हिपहप गायक सन् २००६ देखि अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका छन् lसन् २०१० देखि लगातार उनि संगीत सम्बन्धि अध्ययन गर्दै संगीतको दुनियामा होमिएका छन् l उनि नेपाली संस्कृति ,भाषा तथा आफ्नो प्रतिभालाई विश्वलाई चिनाउन सगीतमा लागेको उनले बताए l

उनले गत अप्रिल मा उनको पहिलो एल्बम (गीति संग्रह ) रेजिलिएन्ट सार्बजनिक गरेका छन l उनको यो पहिलो एकल गीत मर्सि टिज को भिडियो (श्रब्य दृश्य )ले हंगामा गरेको छ l शब्द उनकै रहेको छ l गीतको निर्देशन बहु प्रतिभाशाली आरजेसी ले गरेका हुन् l छायांकन अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट रहेको छ l

गीतमा संगीत प्लाटिनम सेलर्स ले दिएका छन् l संगीत व्यवस्थापन रोबर्ट ब्राउन ले गरेका हुन् l “पिडलरएम” विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन् l

प्रतिक्रिया