बर्षकै पहिलो पिकनिक, बिबिध साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा निमन्त्रणा !

इनेप्लिज २०७४ वैशाख ३१ गते १३:२८ मा प्रकाशित

              ( Please mark your calendar – May 20, 2017, 11 am Manassas )

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा आगामी मे २०, २०१७ शनिवारका दिन निम्न स्थान र समयमा नेपाली नयाँ वर्ष (विक्रम सम्वत २०७४), वुद्ध जयन्ती, सिद्धिचरण जयन्ती, ग्रीष्मकालीन बिशेष साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ । नेपाली भाषा, साहित्य, कला, सँस्कृतीको सँरक्षण सम्बर्धन र बिकासमा योगदान पुर्याउने हाम्रो यात्रामा योगदान पुर्याउनुहुन सम्पूर्ण नेपाली महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।

नोट : कृपया उक्त दिन यो कार्यक्रमलाई असर पर्ने गरी अर्को कुनै कार्यक्रम आयोजना नगररिदिन नजुधाइदिन डिसी मेट्रो एरियाका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।

समय:- बिहान ११ बजे
स्थान: – Splash down water park, 7500 Ben Lomond Park Dr. Manassas VA 20109
प्रवेश: – निशुल्क

पुनश्च: – गीत, नाँच, कविता, गजल, हाँस्यब्यँग, साथमा पटलक पिकनिक सहित आयोजना गरिएको यो बिशेष कार्यक्रममा सपरिवार आउनुस् रमाइलो गर्नुस्, आनन्दित हुनुहोस । यहाँ तपाईं थुप्रै अग्रज कलाकारहरु, साहित्य क्षेत्रका अग्रजहरु सँग भेट्न र वहाँहरुका प्रस्तुती हेर्न सुन्न मात्र पाउनुहुने छैन, तपाईंको प्रस्तुती पनि प्रस्तुत गर्न मौका प्रदान गरिने छ ।

बरु आफ्नो कुनै प्रस्तुती पहिलेनै समाबेश गर्न अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई नाम ठेगाना फोन नम्बर सहित निम्न ईमेल [email protected] वा [email protected] वा महासचिब भुपनारायण घर्तिको ईमेल [email protected] मा वा वहाँको फोन नम्बर 571-217-6782 मा संपर्क गर्न सक्नुहुने छ ।

कार्यक्रम हुने स्थल खुल्ला र प्रशस्त पार्कीङ स्पेस भएको जानकारी गराइन्छ ।

 

 

प्रतिक्रिया