देखेकोेजीन्दगी

इनेप्लिज २०७४ जेठ २ गते ०:२८ मा प्रकाशित

बिहे गर्नु सजिलो छ छुटिनु गारो छ
यहा औपचारिकता र सम्झौताको जीन्दगी छ ।
शर्तहरुको बराबरी पालना दुबैले र्गनु पर्दछ ।
त्यसैले शर्तहरु भडंग होला कि भन्ने सधै त्रास छ ।

यहाको माया नकली जस्तो पनि छ
बिश्बास सहनशिलता र समर्पण बिहीन छ
त्यसैले हरेक पल पलमा आई लब यु छ
थ्याड. यु र ओबएल कमको त सागर नै छ

यहा एक अर्कामा पारदर्शिता छैन
यहा आफ आफनो स्बतन्त्रता र गोप्यता छ
पर निर्भर नभई स्बयमै निर्भरताको सस्कृती छ
त्यसैले हर पल को माया पनि सुख्खा जस्तो छ ।

माया प्रेमका को आधार बराबरी हक र स्बतन्त्रताको छ
बिश्बास ,समपर्ण ,समझदारी र सम्बेदनशिलता कम छ
यहा मायाको जग परालको त्यान्ध्रो जस्ता नाजुके छ
त्यसैले एकल आमा र बाबु को जीन्दगी पनि छ

प्रतिक्रिया