नर्थ क्यरोलाइनाको कविगोष्ठीमा मन्जिलको ल्याम्प पोस्टको जून खस्दा

इनेप्लिज २०७४ जेठ ७ गते १५:२८ मा प्रकाशित

मे १९ २०१७ सनिबार नर्थ क्यरोलाइना नेपाली साहित्य समाजकाे मासिक कवि गोष्ठी संस्थाका सचिव शिखर दुलालको निवास माेरिसभिल नर्थ क्यरोलाइनामा सम्पन्न भयाे । तीन चरणमा बाँडिएको कार्यक्रमको पहिलो चरणमा प्रत्यक महिना एक जना नेपाली साहित्य कला संस्कृतिका साधकको योगदानका बारेमा छलफल गर्ने परम्परा अनुसार यस महिनाका साहित्यकारको रुपमा कवि अगमसिंह गिरीको व्यत्कित्व र कृतित्वको बारेमा चर्चा गरियो । कवि शिखर दुलालले कवि अगमसिंह गिरीको बारेमा छोटो प्रस्तुति दिनुभएको थियो भने अन्य सहभागीहरूले उहाका साहित्यिक जीवनका बारेमा थप छलफल गर्नुभएको थियो । कार्यक्रममा कवि गिरीको लोकप्रिय गीत नौलाख तारा समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा युवा पुस्ताका लोकप्रिय कवि मनु मन्जिलको कृति “ल्याम्पपाेष्टबाट खसेको जून” का बारेमा चर्चापरिचर्चा गर्नुका साथै कवि मनु मन्जिलसंग उहाको काव्य सिर्जना, ल्याम्पपाेष्टबाट खसेको जुनभित्रका कविताहरू र समग्रामा समकालीन नेपाली साहित्यको अवस्थाका बारेमा प्रत्यक्ष कुराकानी गरिएको थियो। नेपालबाट प्रविधिको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा आउनु भएका कवि मन्जिलसंग इश्वर देवकोटा, नम्रता गुरागाईं, विक्रम गौतम, शिखर दुलाल सुजाता ढुङ्गेल लगायत नर्थ क्यारोलाइनाका स्थानीय नेपाली साहित्यानुरागीहरूले विविध प्रश्नहरू राख्नुभएको थियो ।

साहित्यले नया चेतनाको विकास गराउनुपर्ने कुराम जोड दिंदै कवि मंजिलले अबका दिनमा नेपाली साहित्यका राम्रा कृतिहरुलाई अंग्रजी भाषामा समेत अनुवाद र प्रचार प्रसार गरी विश्वव्यापी प्रतिस्पर्धामा लानुपर्ने बताउनुभयो । करिव दुइ घण्टा लामो प्रत्यक्ष वार्ताको क्रममा सहभागीहरुको अनुरोधमा कवि मनु मंजिलले आफुलाई मन परेको एउटा कविता समेत सुनाउनुभएकोथियो र अन्त्यमा विदेशमा बसेर पनि नेपाली साहित्यको श्रीवृद्धिमा उत्साहका साथ लाग्दै आफु र आफ्नो कृतिलाई सम्झेकोमा नर्थ क्यरोलाइना नेपाली साहित्य समाज परिवारलाई धन्यवाद दिनुभएको थियो।

कार्यक्रमको तेस्रो चरणमा स्थानीय कविहरू नम्रता गुरागाई, ऋषि बस्ताकोटी, शिखर दुलाल, सुवास ढकाल लगायतले आ-आफ्ना सिर्जनाहरू सुनाउनुभएको थियाे । कार्यक्रममा आगामी जून ४ , २०१७ ( जेठ १९, २०७४) मा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसलाई नर्थ क्याराेलाईना नेपाली साहित्य समाजले विशेष सम्मान र स्थानीय स्रष्टा शिखर दुलालको कविता संग्रह “यात्रा अविरल” को विमाेचन गर्ने कार्यक्रम रहेको जानकारी समेत गराइयो ।

 

प्रतिक्रिया