व्यक्ति व्यक्तित्व -कवि शिखर दुलाल

इनेप्लिज २०७४ जेठ ८ गते १०:२७ मा प्रकाशित

प्रवासमा रहेर पनि निरन्तर नेपाली साहित्य सृजनामा समर्पित नाम हो कवि शिखर दुलाल |माेरङ जिल्लाकाे हाल सुन्दर दुलारी नगरपालिका काे त्रीजुगामा जन्मनु भएका लेखनाथ दुलाल आफूलाई साहित्य क्षेत्रमा शिखर नामले चिनाउन रुचाउनु हुन्छ ! सन् २००५ देखि अमेरिकाको नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्दै आउनु भएका दुलाल सानै देखि मुक्तक कविता र निबन्ध लेख्नु हुन्थ्याे ! वहाका रचना हरु फाट्टफुट्ट पत्रीका हरुमा निस्कने गरेका थिए !

पारिजात ले सुरुवात गरेकाे साहित्य सनध्या कार्यक्रम बाट आफ्ना सृजना काे बाटाे सुरु गरेका कवि शिखरले अनगिन्ति कविता सृजना गरिसक्नु भएकाे छ ! अमेरिका काे क्यालिफोर्निया बाट २००५ मा पाेइट्री डक कम संजाल द्वरा आयाेजित कविता प्रतियाेगितामा वहाकाे “वार अफ लाईफ”कविता ले एडिटर्स च्वाईस अवार्ड प्राप्त गतेकाे थियाे !

दुलालजी का संयुक्त रुपमा प्रकासित बाहेक २ वटा कृति प्रकाशित भइ सकेका छन् | विभिन्न विधामा कविता कोर्दै आउनु भएका शिखरजी लाइ मन पर्ने विद्या भने कविता नै हो| यसै शृंखला अन्तर्गत वहाँले हालै सृजित गर्नु भएको कवितासंग्रह ” यात्रा अविरल” कविता संग्रह यहि जुन ४ का दिन कवि तुलसी दिवस बाट बिमोचन गर्ने कार्यक्रम रहेको छ | यात्रा अविरल वास्तवमा कविता संग्रह मात्र नभएर समसामयिक विषयलाइ लिपिबद्ध रुपमा संगालेको संगालो हो | विगत ३ वर्ष देखि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा घटेका विभिन्न राम्रा नराम्रा घटनाहरुलाइ कविताको रुपमा लिपिबद्ध गरेको संगालो हो यात्रा अविरल | चाहे ९-११ को दिनमा घटेको घटना होस् या नेपालमा गएको महाभूकम्पको घटना येस्ता धेरै दु:खद घटना संगालिएका छन् यो संग्रहमा |

दु:खका कुरा मात्र होइन दशैँ, तिज, नयावर्ष, मातातिर्थ औंशी जस्ता चाडपर्वलाइ पनि संगालिएको छ यो पुस्तकमा | यस वाहेक कुसंस्कृति, अराजकता एवम अनैतिक गतिविधिहरु माथि पनि खबरदारी गर्दै सुझाव दिएको पाइन्छ यो कविता संग्रहमा | ” जो जहाँ बसेपनि इमान्दारिता एवं नैतिकताका साथ् समाज, जन्मभूमि तथा कर्मभूमि प्रतिको आफ्नो दायित्व पुरा गर्नु पर्दछ” भन्ने संदेश यी कविताहरु मार्फत दिनु खोज्नु भएको छ कवि शिखर दुलालले | कविता बिमोचन समारोहमा सबैको उपस्थिथिको आग्रह गर्नु भएको छ कविले |

आफ्ना अहिलेसम्मका रचनाहरु मार्फत संकलन भएको धनराशीलाइ शिखरजीले सामाजिक कार्यहरुमा खर्च गर्ने गर्नु भएको छ | कार्यक्रममा सहभागी हुनु गौरवको विषय त हो नै एवं वहाले गर्नु भएको सामाजिक सेवालाइ निरन्तरता दिनु, सम्मान गर्नु र हौसला प्रदान गर्नु पनि हो | लेखन त अब शिखरजीको दिनचर्या नै भैसकेको छ, यात्रा अविरल जारी छ एवम यात्रा अविरल जारी रहने कुरामा हामी विश्वस्त छौं

प्रतिक्रिया