मंगलबार, भदौ ६ २०७४ | Tue, August 22, 2017
नेपालको समय: १३:०५ | Washington DC: 03:20

कर्ण राईलाई मलेसियामा रकम सहित भब्य सम्मान अनि बिदाइ ।

उज्जवल ठकुरी

२८मे क्वालालम्पुर । नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले कर्ण बहादुर राईलाई रु ५१००० हजार पुरस्कार सहित प्रमाणपत्र र मायाको चिनो दिएर सम्मान तथा भब्य बिदाइ गरेको छ ।

आफ्नो कार्यकाल पुरा गरी कर्ण बहादुर राइले २९ मेको दिन नेपाल फर्कन लागेका हुन । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे बापत संघले उहाँलाई पुरस्कृत गरिएको हो, पुरस्कार वितरण गर्दै प्रमुख अतिथी एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेमगरले राइको साहसको कदर गर्दै राष्ट्रिय खेलेकुद परिषद र नेपाल कराते महासंघले पनि उहाँलाई सहि सम्मान दिनुहुन्छ भन्नेमा एनआरएनए मलेसिया आशावादी रहेको र उहाँको योगदानले मलेसियामा रहेका नेपालीहरुलाई हौसला बढाएको बताउनु भयो ।

बिगत तीन वर्ष देखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक प्राप्त गर्ने राई, नेपाली प्रवासी सितोरियो कराते संघमा बरिस्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यो । विदाई कार्यक्रममा नेपालबाट १४ वटा देश घुम्दै सिङापुर हुदै मलेसिया आउनु भएका देशलाइ बिश्व सामु चिनाउने वातावरण संरक्षण र बिश्व शान्ति भन्ने मुल नाराका साथ सगरमाथाको देश,भगवान बुद्धको जन्मस्थाल लुम्बिनीलाई चिनाउने साइकलयात्रीहरु अनिष ढकाल, निर्मल बराल र दिलिप क्षेत्रीलाई पनि भब्य सम्मान तथा बिदाइ गरिएको छ। कार्यक्रममा विशेष अतिथी ब्यापारी समाज मलेसियाका सचिव बिपिन राई र नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला, पत्रकार रामचन्द्र गिरीले विदाई भएर जाने कर्ण राईलाई यात्राको कामनाको साथै स्वर्ण पदक विजेता गर्नु भएकोमा प्रंसशा गर्नु को साथै साइकलयात्रीहरुलाइ भब्य सम्मान गरिएको थियो।

कार्यक्रममा इलामेली समाजका अध्यक्ष नरेन्द्र कार्की, लोकगायिका अस्मिता शर्मा, कलाकार लक्ष्मी भट्ट, कराते खेलाडी राम तामाङ र तुलाराम धामी साथै किरात यायोक्खा प्रतिनिधि महेश राईको सहभागीता थियो ।

कार्यक्रम संचालक, कराते महासचिव नर्बु तामाङले गर्नु भएको थियो । कार्यक्रम नेपाली प्रवासी सितोरियो कराते नयाँ डाेजाे हलमा सभापतित्व योगेन्द्र कोइरालाले गर्नु भएको थियो

२०७४ जेठ १४ गते २३:१७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी