बुधबार, भदौ ७ २०७४ | Wed, August 23, 2017
नेपालको समय: ००:२० | Washington DC: 14:35

राजदूत द्वारा गणतन्त्र दिवसमा कर्ण राई र योगेन्द्र कोइराला सम्मानित

उज्जवल ठकुरी

गणतन्त्र दिवस- २०७४ जेष्ठ १५ गते,आज नेपाली राजदुतावास,मलेशियामा एक कार्यक्रम आयोजना गरि ज्ञात-अज्ञात सहिद प्रती समवेदना स्वारुप एक मिनेट मौन धारण गरिएको थियो।साथै गणतन्त्र दिवसको अवसरमा महामहिम राजदुत डा.निरान्जन मान सिंह बस्न्यात ज्यु बाट दिप प्रज्वलन पनि गरिएको थियो।वि.स.२०६५ जेष्ठ १५ गते नेपाललाइ सङ्गघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेष्ठ १५ गते विविध कार्यक्रम गरि यो दिवस मनाइन्छ भन्ने जानकारी पनि दिनुभएको थियो साथै गणतन्त्रको दिवसको अवसर पारी नेपाली प्रवासी सितोरियो कराते संघका बरिस्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता कर्ण बहादुर राइलाइ महामहिम राजदुत डा.निरान्जन मान सिंह बस्न्यात ज्यु बाट दोसल्ला ओढाइ सम्मान पत्र प्रधान गर्नुभएको थियो।

साथै कार्यक्रममा बोल्दै मलेसियामा श्रमिक काम गरेर पनि कर्ण बहादुर राईले देशलाई तीन पटक सम्म अन्तर्राष्ट्रिय कराते बाट स्वर्ण पदक जितेर देशको नाम नै उच्च राखेको भन्दै, महामहिम राजदुत ज्युले राई लाई हार्दिक बधाई दिनुभएको थियो साथै नेपाली प्रवासी सितोरियो कराते संघले मलेसियामा उदाहरणीय काम गरेको भन्दै संघका अध्यक्ष योगेन्द्र कोइरालालाई पनि धन्यवाद दिनुभएको थियो। कार्यक्रममा नेपाल बाट भर्खरै आउनु भएका नेपाली राजदुतावास,मलेसियाका प्रथम सचीव कुमार खरेल ज्युको हात बाट पनि राई र कोइरालालाई दोसल्ला ओढाइ सम्मान दिनुभएको थियो। केही दिन अघि मात्रै कर्ण बहादुर राईले तीन वर्ष कार्यकाल सकेर नेपाल फर्कने कुरा आफ्नो कम्पनीलाई जानकारी दिदाखेरी कम्पनीले नै राई लगाएत चार जाना साथिहरुलाइ पनि करिब डेढ महिनाको सेल्लरी नदिएको र नेपाल फर्कने टिकट पनि नदिएको हुनाले राजदुतावासको साहेता र Labour Attache’ बाबुलाल रेग्मी ज्युको विशेष सहयोगमा सबै कम्पनीले टिकट र सेल्लेरी दिएकोमा कर्न बहादुर राइ ज्युले नेपाली राजदुतावासलाई धन्यवाद दिनु भएको थियो। कार्यक्रममा दित्तिय सचीव बिनोद मुखिया,दित्तिय सचीव लक्ष्मण प्रसाद कोइराला,तेस्रो सचिव दयानन्द प्रसाद ओझा साथै चुमन सिंह के सि.,निरज बस्नेत,प्रबिन प्रधान,सुन्दर कुमार श्रेष्ठ, टेक बहादुर बुढा र अन्य सरहरुको सहभागीता थियो साथै कार्यक्रममा करातेका महासचिव नर्बु तामाङ र खेलाडीहरु राम तामाङ र तुलाराम धामीको पनि सहभागीता थियो। एस कार्यक्रमलाई संचालन दित्तिय सचिव प्रेमराज गौतम ज्युले गर्नुभएको थियो।।। अन्त्यमा….हाम्रो नेपाली प्रवासी सितोरियो कराते संघ, मलेशियाको कराते खेलाडीलाई पहिलो पल्ट हो एसरी नेपाली राजदुतावास बाट सम्मानित गरिएको।।। यसमा आमि नेपाली प्रवासी सितोरियो कराते परिवार हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ।।।

२०७४ जेठ १५ गते १८:३५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी