महाबाणिज्यदुतमा बढुवा भएका ऋषि ढकाललाई लस एन्जलसमा सम्मान गरिदै

इनेप्लिज २०७४ जेठ १६ गते ०:३५ मा प्रकाशित

उपेन्द्र सापकोटा
अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको लागि एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले अनुरोध गरेका छन् ।

महाबाणिज्यदुतमा पदोन्नति भएका ढकाल यस अघि क्यालीफोर्निया राज्यको सान डिएगो शहरको लागि वाणिज्यदूतको रुपमा रहेका थिए ।

प्रतिक्रिया