मंगलबार, पुष ४ २०७४ | Tue, December 19, 2017
नेपालको समय: ०४:१२ | Washington DC: 17:27

अमेरिकामा नेपाली चलचित्रकी नायिका नन्दिता केसी को परी पहिरन को बेजोड प्रस्तुति

विजय थापा,वाशिंगटन डीसी

अमेरिकामा नेपाली चलचित्र कि नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् l उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसन(युएनए )को सम्मेलनको भेषभूषा प्रदर्शन बिशेष कार्यक्रममा बिशेष परी पहिरन मा सज्जिएर धमाकाधार बिशेष प्रस्तुति गरेकी थिइन् l

केसीले युएनए साँस्कृतिक र्याम्प नामक कार्यक्रममा अन्य चर्चित कलाकार तथा बिशेष व्यक्तित्वहरु साथ उनको प्रस्तुति रहेको थियो l उनलाई यो सुन्दर तथा बिशेष प्रस्तुति को साथ मन्चमा उतार्ने जिम्मा नेपाल आएकी मोडर्न डे फेरीटेल कलेक्सन कि लोकप्रिय भेषभूषा अभिकल्पकार ( फेसन डिजाइनर ) सुबेक्षा भडेल गरेकी थिइन् l

यस्तै गरि कपाल सज्जा तथा शृंगार स्मृति एस गुरुङको रहेको थियो l उनले परी को पहिरनमा भेषभुषा कार्यक्रममा प्रस्तुति गर्न पाउँदा ज्यादै उत्साहित भएको केसीले बताईन l नायिका केसी अमेरिकामा रहेता आफ्नो कला तथा संस्कृतिलाई प्रबर्धन गर्न कटिबद्ध रहेको बताइन l उनले नेपाल र नेपाल को पहिचान गराउन यस्ता प्रकारका कार्यक्रममा आफ्नो सहभागिता रहने बताइन l

आगामी जुन १७ तारिखका दिन मिस नेपाल क्यालिफोर्निया २०१७ मा अतिथि कलाकार को रुपमा प्रस्तुति हुने भएकी छिन् l यसै गरि सुबेक्षा भडेल पनि उक्त नेपाल क्यालिफोर्निया सुन्दरीको लागि आधिकारिक भेषभूषा अभिकल्पकार ( फेसन डिजाइनर ) रहने छिन् l

 

 

२०७४ जेठ २६ गते १०:५१ मा प्रकाशित
One Comment on “अमेरिकामा नेपाली चलचित्रकी नायिका नन्दिता केसी को परी पहिरन को बेजोड प्रस्तुति”
  • preety bista wrote on 18 June, 2017, 3:19

    looking so beautiful … :*

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी