नमस्ते गित गजलको बार्षिक उत्सव भब्य हुने

इनेप्लिज २०७४ जेठ २६ गते २३:१८ मा प्रकाशित

टोकियो । १० जुन
नेपाल र जापान विचको संस्कृति आदान प्रदान गर्ने उद्देश्यले स्थापित संस्था नेपाल जापान सांस्कृतिक प्रतिष्ठानद्धरा टोकियोको मुटू शिनओकुबोमा संञ्चालित नमस्ते गित गजलले आफ्नो प्रथम बार्षिक उत्सव भब्यताका साथ मनाउने जनाएको छ । नेपाली तथा जापनिज समुदायका प्रतिनिधीहरु द्धरा संञ्चालित उक्त गित गजलले यही जुन १० र ११ तारिक का दिन मनाउने उत्सबमा भरतीय टेलिभिजनको रियालिटी शो सारेगम, अन्ताक्षेरी र भारत किसनमा सहभागी भई उत्कृष्ट स्थानमा पुग्न सफल नेपाली सांगितीक आकासका युगलजोडी बबिता मानन्धर र सुरेश मानन्धरका साथमा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङ्ग संरक्षक सल्लाकार रहनुभएको उक्त प्रतिष्ठानमा बोर्ड डाईरेक्टर रबिन शेरचन, अभिभावक सल्लाहकार विजय थकाली, बोर्ड मेम्वर अमर गुरुङ्ग, सुदिन गुरुङ्ग, र कुमार लामा हुनुहुन्छ भने शेयर होल्डरहरुमा मिनामी हिरोयुकी, तेराकादो मित्स्यु, विष्णु अर्याल र सिताराम केसी रहनुभएको छ ।

कमल खत्री संगको चर्चित गित आत्मामा आत्मामा बोल गितबाट थप चर्चा बोटल्नु भएका बबिता मानन्धर र उहांकै श्रीमान् शुरेस मानन्धरको बिशेष आकर्षक प्रस्तुती रहने उक्त कार्यक्रममा जापानमा छरिएर रहेका नेपाली र जापानी समुदायको बाक्लो उपस्थती रहने हामीलाई युबा ब्यवसायी तथा प्रतिष्ठानका बोर्ड मेम्बर सुदिन गुरुङ्गले जानकारी गराउनुभयो । त्यस्तै प्रतिष्ठानका अर्का बोर्ड मेम्बर तथा यस कार्यक्रमका ब्यबस्थापक अमर गुरुङ्ग, बरिष्ठ बासुरी बादक खड्का पुन र स्थानीय चेली रञ्जना सापकोटाको पनि कार्यक्रममा प्रस्तुतीहरु रहने जनाईएको छ ।

प्रतिक्रिया