नेपाली संघ राष्ट्रिय सम्न्वय समिती, केन्या को सन्योजन मा नैरोबी मा रहेको हिन्दू मन्दिरमा पुजा

इनेप्लिज २०७४ जेठ २९ गते १९:३९ मा प्रकाशित

कृष्ण दत्त भट्ट

नैरोबी, केन्या

११ जुन २०१७ ,आईतवार का दिन गैर -अवासिय नेपाली संघ राष्ट्रिय सम्न्वय समिती, केन्या को सन्योजन मा नैरोबी मा रहेको हिन्दू हरु को सबै भन्दा ठुलो मन्दिर सनातन धर्म सेवा मन्दिर(SSD)को सहयोग मा उक्त मन्दिर मा उपस्थित हुन भयेका भक्तजनहरु लाई नेपाली समुदाय को तर्फ बाट महाप्रसाद (भोजन ) को आयोजना गरेको थियो ।

उक्त कार्यक्रम सफल बनाउन ४५ जना समाजसेवी नेपाली दाजु भाई दिदी बहिनीहरु को तर्फ बाट दान प्राप्त भएको थियो / लगभग ३ सयको हाराहारी मा भक्तजन हरु को उपस्थिती थियो ।

यो मन्दिर मा यस् भन्दा पहिले ईलाम (हाल झापा ) घर भयेका नेपाली  पूजारी निलमणी ज्यु  बिगत १४ बर्ष देखी कार्यरत हुन् हुन्थ्यो तर उहाको असामयिक स्वर्गरोहण भए पछी उहाको परिवार लाई गैर अवासिय नेपाली संघ केन्या को तर्फ बाट आर्थिक सहयोग उपलब्ध गराएको थियो।गैर अवासिय नेपाली संघ केन्या ले स्थाननिय समुदाय संघ मिलेर सामाजिक कार्य गर्ने घोषणा  पनि गरेको छ जस्ले गर्दा  नेपाली को पहिचान पनि स्थापित गर्न सकियोस ।

प्रतिक्रिया