बुधबार, भदौ ७ २०७४ | Wed, August 23, 2017
नेपालको समय: ००:२९ | Washington DC: 14:44

राष्ट्रपति विद्यादेवी भण्डारी जेनेभामा आउदै , प्रतिनिधि फर्कदै

स्विटजरल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सम्मेलनमा सहभागी हुन स्विजरल्याण्डको जेनेभा आउने भएकी छन् । उनी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) १०६ औं सेसन अन्तरगतको एक बैठकमा हुने वल्र्ड अफ वर्क समिट मा सहभागी हुन मंगलबारआउने भएकी हुन् ।
आउने बिहिबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ तर भण्डारी आउनु भन्दा अगाडी नेपालको तर्फ़ बाट लगभग ३० जना भन्दा बढी प्रतिनिधिहरु आइएलओ को कार्यक्रममा उपस्थित भएका छन् । रास्ट्रपतिको सम्बोधन हुनु अगावै अधिकांस प्रतिनिधि नेपाल फर्कने भएका छन् । यसको मुख्य कारण स्विसमा रहेको राजदुतले गरेको अब्यबस्थित जवाफदेहिता डब्लु एफ टि यु का प्रतिनिधिले मेरोजिल्ला डट कमलाई बताए ।
उक्त सेसनका तीन प्रमुख वक्तामध्ये एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रममा हासिल उपलब्धिबारे जानकारी दिने हुन् । । राष्ट्रसंघभन्दा जेठो संस्था आईएलओको गभर्निङ बडीमा नेपालले पहिलोपटक सरकारी स्तरबाट उम्मेदवारी दिएको छ । सम्मेलनमा पहिलो पटक राष्ट्रप्रमुख सहभागी हुदै हुनुहुन्छ । यो संयोग मात्र हो । नेपालको उच्चस्तरको सहभागिता आवश्यक थियो ।
स्विसका नेपालीहरुले भेट्ने कहिले ?
नेपाली दुतावासले भब्य पार्टी गर्ने भएको छ । यहाँ रहेका अधिकांस नेपालीहरुलाई इमेल गरि आउने शुक्रबार साँझ ७ बजे भेट्ने कार्यक्रम गरेको छ । राष्ट्रपति जेनेभा आउने खबरले स्विस बाशी नेपाली उत्साहित भए पनि कुनै पनि कार्यक्रम मा दुतावासको उपस्थित नभएको भन्दै केहि नेपालीहरुले असन्तुस्टी ब्यक्त गरेका छन् । हरेक पटक यहाँ रहेका कुटनीतिक नियोगका प्रतिनिधि बाहेक आफुहरुलाई वास्ता नगरेको धेरै नेपालीहरुको गुनासो रहेको छ ।

२०७४ जेठ २९ गते २१:४७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी